Breaking News

प्रचण्ड र गृहमन्त्री थापाद्धारा राघुगंगा जलविद्युत आयोजनाको अवलोकन (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलबार विहान रघुगंगा गाउँपालिका ३ तिल्केनी चौर स्थित आयोजनाको निरिक्षण गर्नुभएको हो । यसै गरी प्रचण्ड सहितको […]

तातोपानीकुण्डमा स्नान गर्दै प्रचण्ड र थापा

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा सोमवार स्नान गर्दै । परिवार सहित उहाँहरु तातोपानी कुण्डमा स्नान गर्न म्याग्दी आउनुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य

गृहमन्त्री थापाद्धारा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,कार्तिक २६ गते । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति र शुसासन कायम गर्न गृहप्रशासन सक्षम रहेको बताउनुभएको छ । सोमबार म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति र शुसासन कायम राख्नका लागि प्रभावकारी योजना अघि सारेको बताउनुभएको हो । मदिराको जथाभावी […]

जन्मदिनमा सहज शिक्षा कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक २५ गते ।  पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष एवम् सामाजसेवी सुरत केसीले जन्म दिनको अवसरमा आइतवार गरिब र विपन्न बालबालिकाको शिक्षामा सहयोग पु¥याउन १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । गरिब, विपन्न, पारिवारिक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिका वडा नम्बर ६ ले […]

म्याग्दीका महिलाहरु तिहारलाई झिनिया र सेलरोटी बनाउन व्यस्त

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक २१ । म्याग्दीका महिलाहरुलाई तिहारका लागि झिनिया र सेलरोटी बनाउन टिपाटिप भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली (तिहार) आएलगत्तै उनीहरुलाई झिनिया बनाउने र सेलरोटी पकाउने व्यस्तता थप बढेको हो । सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगका महिलाहरु झिनिया तथा सेलरोटी बनाउने र पकाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा ठूलो चाड […]

भिआइपी डिलक्स बसमा बेनी देखि काठमाण्डौ

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । म्याग्दी कोरला यातायात प्रा.लिले लक्ष्मीपुजाको दिनदेखि सुविधा सम्पन्न सेवा सहितको बस भित्राएको छ । बुधवार प्रा.लिले बेनी नगरपालिका ९ गलेश्वर मन्दिरमा पुजाआजा गरेर बस सेवाको सुरुवात गरेको हो । बेनी देखि काठमाण्डौं जाने यात्रुहरुलाई लक्षित गरी एयर कन्डिसन एसीयुक्त आरमदायी सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको प्रा.लिले जनाएको छ […]

बेनीमा देउसी भैलोको रौनक

विकल्प न्यूज/बेनी कार्तिक २० गते । दशैं पछिको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा बेनीमा देउसी भैलोले रौनकता वढेको छ । विभिन्न संघ सस्थाहरुले बजारमा खेलेको देउसी भैलोले रौनकता वढाएको हो । बेनीको एभरग्रिन युथ क्लबले बेनीमा खेलेको भैलो / तस्विर ठाकुरप्रसाद आचार्य

७६ वर्षको उमेरमा नागरिकता !

धिरन खत्री /बेनी लुलाङ,कार्तिक १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर सञ्चालन भएको हो […]

आहा खुलेको हिमाल

विकल्प न्यूज/बेनी कार्तिक १८ गते ।  आहा खुलेको हिमाल म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको दृश्य र पृष्ठभूमिमा ढकमक्क फुलेको तिहारे फुल । तस्विर ठाकुरप्रसाद आचार्य

घरदैलोमै नागरिकता र लालपूर्जा पाएपछि गुर्जाली दङ्ग

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १७ गते । म्याग्दीको विकट धबलागिरी गाउँपालिका १ गुर्जामा दुइदिन सम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिवीर बाट गुर्जालीहरु घरदैलोमै नागरिकता र लालपूर्जा पाएका छन् । भौगोलिक विकटता कारण सरकारी सेवाबाट बञ्चित गुर्जालीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा गुर्जामा दुइदिने शिवीरको आयोजना गरिएको हो […]

हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते ।  अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]

सरकारी सेवासहितको घुम्ती शिविर गाउँपुगेपछि गुर्जालीहरु उत्साहित

विकल्प न्यूज/बेनी कार्तिक १६ गते ।  जिल्ला सदरमुकाम बेनीमा रहेका सरकारी कार्र्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम धौबलागिरी गाउँपालिका १ गुर्जा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको […]

किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्वस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो । तीन तहको सरकार […]

सरकारले छान्यो म्याग्दीका पाँच सहित १०० पर्यटकीय गन्तब्यहरु

विकल्प न्यूज/बेनी कार्तिक १५ गते ।  सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सरकारले म्याग्दीका पुनहिल,तातोपानी र गलेश्वर स्थापीत तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यहरु र घोरेपानी पर्यटकीय क्षेत्र,रघुंगा रुइसे डाँडा देखि धबलागिरी आइसफल […]

म्याग्दी भ्रमण वर्षको समिक्षाको होस् (सम्पादकीय)

विकल्प न्यूज/बनी कार्तिक १५ गते । एकहप्ता अघि मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुले बेनीमा होटल खोज्दा पाएनन् । होटलमा वास नपाएपछि कालिपुल वसपार्क स्थित कर्वडहलमा पर्यटकहरुले रात काट्नुप¥यो । बेनीमा भएका होटलहरु भरिभराउ भएपछि कुश्मा र बागलुङमा वास खोज्नुपर्ने भयो । यो क्रम निरन्तर पाँचवर्ष देखि चलिरहेको छ । म्याग्दीले भ्रमण वर्ष २०७५ मनाइरहेको छ । […]