Breaking News
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात पारेका हुन् । […]
अन्नपूर्ण हीरक महोत्सव ः आधार शिविरमा फ्रान्सेली कलाकारको प्रस्तुति हुने

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १५ गते । अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा सांगीतिक प्रस्तुती गर्ने भएका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुति गर्ने भएका हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम […]
झिँका कृषकलाई औजार वितरण

म्याग्दी, जेठ १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत […]
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

म्याग्दी, जेठ १४ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष […]
अन्नपूर्ण हीरक महोत्सव: पदयात्रामा हर्जोगका सन्तान

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १४ गते । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । पदयात्राका लागि उनीहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर […]
जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

विकल्प न्यूज /बेनीम्याग्दी,जेठ १३ गते । म्याग्दीमा निर्माणधिन दरखोला जलविद्युत आयोजनाको सडक निर्माणको क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । #ADD जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन […]
म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाईने

म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो […]
आशा जगाउदै बेनीको प्रकाश माध्यमिक विद्यालय

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ११ गते । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि,राम्रो व्यवस्थापन र पठनपाठनको शैलीमा सुधार गरेसँगै अभिभावकको रोजाईमा पर्न थालेको छ । विद्यालयले कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन थाल्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो । प्रकाश माविको प्रगति निजी विद्यालयका […]
बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी, जेठ १० गते । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् । अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री […]
रघुगंगामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनीजेठ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी […]
कृषक पाठशालाबाट दुई सय कृषकलाई दक्ष बनाउँदै बेनी नगरपालिका (फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ८ गते । बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ । चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयमा […]
आरोहणको ७५ वर्ष ः पाँचसय ३२ जना अन्नपूर्णको शिखरमा

ठाकुरप्रसाद आचार्य /बेनीजेठ ७ गते । जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँचसय ३२ जनाले सफल आरोहण गरेका छन् ।चालु वसन्तकालिनयाममा ६ समुहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हाल सम्म ४४ जनाले सफल आरोहण गरेको […]
कान्छी गाउँ विजयी

म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय […]
सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

काठमाडौं, ६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए । ‘यो केवल […]
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

५ जेठ, म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको […]