म्याग्दीका महिलाहरु तिहारलाई झिनिया र सेलरोटी बनाउन व्यस्त

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, कात्तिक २१ । IMG_4763म्याग्दीका महिलाहरुलाई तिहारका लागि झिनिया र सेलरोटी बनाउन टिपाटिप भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली (तिहार) आएलगत्तै उनीहरुलाई झिनिया बनाउने र सेलरोटी पकाउने व्यस्तता थप बढेको हो । IMG_4884सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगका महिलाहरु झिनिया तथा सेलरोटी बनाउने र पकाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा ठूलो चाड दसैंमा विशेष गरी प्रायः मासु खाने प्रचलन रहिआएको छ भने तिहारका लागि झिनिया र सेलरोटीलगायत परिकारहरु प्रयोग गरिन्छ । यस वर्षको तिहार पर्व सुरु नहुँदै कतिपय महिलाहरु झिनिया बनाउनतर्फ लागेका थिए । IMG_4752कोही महिलाहरु सामूहिक रुपमै झिनिया बनाउने पेशा व्यवसायमा आबद्ध भएका छन्भने कोही एकल रुपमा यस पेशामा संलग्न रहेका छन् । दसैं तिहारमा अन्य परिकारसँग झिनियालाई पनि मानिसहरुले रुचाउने गरेका छन् । निकै मेहेनतका साथ बनाइने झिनिया स्वादिष्ट मानिन्छ । विगत ४ वर्षदेखि व्यावसायिक रुपमा झिनियाँ बनाउदै आइरहेकी मंगला–२, हिदी घरभई हाल बेनीबजार बस्ने हुमादेवी फगामीले यसपटक झिनिया बनाउन एकलाख रुपैयाँभन्दा बढीको कच्चापदार्थ रहेको जानकारी दिइन् ।
IMG_4805उनीसँगै धौलागिरी–४, मुदीकी रासमति घर्ती र रघुगंगा–६, कोटगाउँकी दानदेवी शेरपुन्जा पनि मिलेर झिनिया बनाउँछन् । उनीहरुले हरेक वर्ष बडादसैं, तिहार, अन्य धार्मिक कार्य र गर्मीयामको समयमा झिनिया बनाउने गरेको बताएका छन् । झिनिया बिक्री गरेरै उनीहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । चाडपर्वका साथै विवाह, ब्रतबन्ध, बर्थ–डे, अन्य भोजलगायत माङ्गलिक कार्यमा झिनिया खपत हुने गरेको छ । सामूहिक रुपमा बनाएको झिनियालाई दर्जनको हिसाबमा बिक्री गरिने हुँदा १ दर्जनको १७० रुपैयाँ मुल्य पर्ने उद्यमी समेत रहेकी फगामीले बताइन् । IMG_4830चामललाई पिसेर पिठो बनाई विभिन्न किसिमका रङको प्रयोगमा झिनियाँ बनाउने गरिएको छ । घरमा त्यत्तिकै बस्नुभन्दा केही पेशा व्यवसाय गर्नुप¥यो भनेर आफूहरुले सामूहिक रुपमा झिनिया बनाउने लागेको उद्यमी फगामीको भनाइ छ । यसैगरी रत्नेचौरकी राधिका बोगटीले पनि तिहारलाई लक्षित गरेर झिनिया बनाउँदै आएकी छिन् । म्याग्दीमा उत्पादित झिनिया तराईका जिल्ला र काठमाडौंसम्म पुग्ने गरेको छ । त्यस्तै महिला उद्यम विकास समिति म्याग्दीको पूर्व सभापति समेत रहेकी महिला उद्यमी सृजना श्रेष्ठले विगतदेखि नै सेलरोटी बनाउँदै आएको बताइन् । उनले ग्राहकको माग अनुसार लोकल घिउमा सेलरोटी तयार गर्ने गरेको हुँदा ग्राहकहरु सेलरोटी अर्डर गर्न आउने गरेको बताएकी छिन् । IMG_4830पछिल्लो समय म्याग्दी जिल्लाका महिलाहरु विभिन्न पेशा तथा व्यवसायमा आबद्ध हुँदै आफूलाई आत्मनिर्भर बनाउँदै गएको देखिन्छ । उज्यालोको पर्व तिहारमा झिनिया, सेलरोटी, मिठाई जस्ता परिकारहरु बनाएर तिहार पर्व मनाइन्छ । सयपत्री र मखमली फुलको माला उनेर तिहारमा लगाउने गरिन्छ । IMG_4888