ताजा समाचार:
Search

प्रचण्ड र गृहमन्त्री थापाद्धारा राघुगंगा जलविद्युत आयोजनाको अवलोकन (फोटो)

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते । DSC_0012 DSC_0014 DSC_0029 DSC_0032 DSC_0042 DSC_0077 DSC_0081पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलबार विहान रघुगंगा गाउँपालिका ३ तिल्केनी चौर स्थित आयोजनाको निरिक्षण गर्नुभएको हो । DSC_0077

यसै गरी प्रचण्ड सहितको टोलीले गलेश्वर मन्दिरको दर्शन गर्नुभएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई स्वागत गर्नुभएको छ । गलेश्वरमा करिव १५ मिनेट विताउनुभएका प्रचण्डले गलेश्वर क्षेत्रका वारेमा केसीबाट जानकारी लिनुभएको थियो । प्रचण्ड र थापाले मन्दिरका पुजारीबाट फुलप्रसाद र टिका ग्रहण गर्नुभएको थियो । विशिष्ट व्यक्तिको भ्रमणले गलेश्वरको प्रचारप्रसार र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । DSC_0042साथै प्रचण्ड र थापाले सदरमुकाम स्थित बेनी बजार संरक्षण आयोजनाको पनि अवलोकन गर्नुभएको छ । गत भदौंमा आएको बाढीका कारण भत्किएको तटबन्धनको अवलोकन गर्नुभएको छ ।

टोलीमा प्रदेश सांसद विनोद केसी,नेकपाका नेता गोविन्द पौडेल,हरिकृष्ण श्रेष्ठ,बालकृष्ण सुवेदी,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगर लगायतको उपस्थिती थियो । तस्विर ठाकुरप्रसाद आचार्य