भिआइपी डिलक्स बसमा बेनी देखि काठमाण्डौ

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते । DSC_0013म्याग्दी कोरला यातायात प्रा.लिले लक्ष्मीपुजाको दिनदेखि सुविधा सम्पन्न सेवा सहितको बस भित्राएको छ । बुधवार प्रा.लिले बेनी नगरपालिका ९ गलेश्वर मन्दिरमा पुजाआजा गरेर बस सेवाको सुरुवात गरेको हो ।

बेनी देखि काठमाण्डौं जाने यात्रुहरुलाई लक्षित गरी एयर कन्डिसन एसीयुक्त आरमदायी सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको प्रा.लिले जनाएको छ ।
२६ सिट क्षमता भएको बसमा आरमदायी तरिकारले सिटमै सुतेर बेनी देखि काठमाण्डौं सम्म यात्रा गर्न मिल्ने सुविधा छ । बस भित्र सोफासाइजका आकर्षक सिटहरु छन् । DSC_0009 एकातर्फ दुइ र अर्को तर्फ एक सिटको मात्र व्यवस्था गरिएको छ । नयाँ बस सेवाले रात्रीकालीन यात्रालाई आरमदायी बनाउने विश्वास व्यक्त गरिएको प्रालिका अध्यक्ष सुरज केसीले बताउनुभयो । कफी, खाजा, चर्पीसेवा लगायतको सेवा रहेको केसीले बताउनुभयो । DSC_0011यात्रुहरुलाई खाजा र तातो चिसो पानी सुविधा बस भित्रै निशुल्क छ । स्तरीय होटलमा खाना खाने व्यवस्था मिलाएका छौं अध्यक्ष केसीले भन्नुभयो । यात्रुहरुको मागलाई मध्यनजर गरेर सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको केसीले बताउनुभयो । यात्रुहरुलाई गुणस्तरीय सुविधा सहितको बस सेवा दिनका लागि प्रा.लिले नयाँ दुइवटा बस थपेको उहाँले जानकारी दिनुभयो । DSC_0009प्रा.लिले अहिले सम्म १० वटा बसमा करिव ७  करोड रुपियाँ लगानी गरिसकेको छ । प्रा.लिले यसअघि बेनी– काठमाण्डौं र बेनी मुस्ताङ र बेनी पोखरा सम्म सुपर डिलक्स बस सेवा सञ्चालन गर्दै आएको छ ।

कोरला यातायातले बस सेवा सुरु गरेपछि बेनी – काठमाण्डौं र बेनी देखि मुस्ताङ र बेनी देखि पोखरा सम्म पुग्ने यात्रुहरुलाई सहज भएको छ । गत चैतबाट स्तरीय यातयात सेवा सुचारु गरेको यस प्रालिमा सुरत केसी, नगेन्द्र केसी, प्रकाश पौडेल, अर्जुन आचार्य, मोहन केसी, धनकुमार पुन र नरेश रोकायाको लगानी रहेको छ ।