ताजा समाचार:
Search

जन्मदिनमा सहज शिक्षा कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी
कार्तिक २५ गते ।45837019_737955566566017_7099907332032692224_n

 पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष एवम् सामाजसेवी सुरत केसीले जन्म दिनको अवसरमा आइतवार गरिब र विपन्न बालबालिकाको शिक्षामा सहयोग पु¥याउन १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

गरिब, विपन्न, पारिवारिक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिका वडा नम्बर ६ ले स्थापना गरेको सहज शिक्षा कोषमा केसीले उक्त सहयोग गर्नुभएको हो ।

यसै गरी बेनी नगरपालिका ८ वसपार्कमा सञ्चालित केबी अटोपार्टसका प्रोपाइटर खेमवहादुर केसीले पाँच हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको वडा अध्यक्ष कृष्णवहादुर बानियाँले जानकारी दिनुभयो । kishna baniya wada 6गत भदौं १० गते स्थापना भएको कोषमा हाल सम्म दुइलाख २७ हजार ९ सय ११ रुपियाँ सहयोग संकलन भएको वडाअध्यक्ष बानियाँले बताउनुभयो । पाँचवर्षे कार्यकाल अवधिभर १० लाख रुपियाँको कोष स्थापना गर्ने उद्देश्य हो वडा अध्यक्ष बानियाँले भन्नुभयो “सहयोगी मनहरु धेरै आएकाले कोषको रकम वृद्धि हुने छ ।”कोषको रकम वृद्धि भएमा यसको कार्यक्षेत्रलाई विस्तार गरी बेनी नगरपालिका साथै जिल्लाभरका बालबालिकाहरुलाई पनि सहयोग गर्न सकिने छ उहाँले भन्नुभयो ।
सरकारले निर्वाह खर्च वापत वडाका जनप्रतिनिधिहरुलाई उपलब्ध गराएको रकमबाट पचास हजार रुपैयाँ जम्मा गरि सुरु गरिएको कोषमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग रकम आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । बानियाँका अनुसार कोषमा हाल सम्म ३८ जनाले सहयोग उपलब्ध गराउनुभएको छ ।
बेनी स्थित विश्वामित्र बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेर कोषको परिचालन गरिएको छ ।

दुइलाख रुपियाँ मुद्दती खातामा जम्मा भइसकेको उहाँले बताउनुभयो । कोषबाट कात्तिक १ गतेबाट लागू हुने गरी तीन जना अनाथ बालकालाई सहयोग गरिएको छ । जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत स्वर्गीय गुणबहादुर बि.कका छोराहरु सुदीप, लव र कुश विकका लागि मावि तहको अध्ययन गर्दा सम्मका लागि कोषबाट खाद्यान्न र पोशाक उपलब्ध गराउने निर्णय भएको छ । वर्षिक सात बोरा चामल र दुई/दुई जोडी विद्यालय पोशाकको ब्यवस्था मिलाइने वडा अध्यक्ष बानियाँले जानकारी दिनुभयो । बेनपा ६ मा एक वटा मावि र तिन वटा आधारभुत विद्यालय छन । वडाको पहलमा विद्यालयमा कुनै पनि शुल्क नलिने ब्यवस्था मिलाइएको छ ।