ताजा समाचार:
Search

गृहमन्त्री थापाद्धारा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,कार्तिक २६ गते । DSC_0014नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति र शुसासन कायम गर्न गृहप्रशासन सक्षम रहेको बताउनुभएको छ । सोमबार म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति र शुसासन कायम राख्नका लागि प्रभावकारी योजना अघि सारेको बताउनुभएको हो ।

मदिराको जथाभावी विक्री वितरण र लागूऔषधको प्रयोग शान्ति सुव्यवस्थाका चुनौतीका रुपमा गृहले लिएको बताउँदै गृहमन्त्री थापाले त्यसको नियन्त्रण गर्न गृहमन्त्रालयले आवश्यक नीति र कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

जथाभावी रुपमा मदिराको विक्री वितरण र उपभोगलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले स्थानीय तह सँग मिलेर काम गर्ने उहाँको भनाई छ । पछिल्लो समय समाजमा वढेका महिला हिंसाका घटनाहरु लागूऔषधका कारण घटेको बताउँदै उहाँले यसको नियन्त्रणका लागि प्रहरीलाई नागरिकले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । DSC_0026प्राकृतिक र मानव निर्मीत प्रकोप व्यवस्थापन चुनौतीका रुपमा खडा भएकाले सवैको सहकार्यबाट चुनौतीको सामना गर्न सकिने गृहमन्त्री थापाको भनाई थियो । जथाभावी रुपमा निर्माण भएका सडकका कारण दुर्घटना बढेको उहाँको भनाई छ । सडक दुर्घटनाका कारण वर्षेनी दुइहजार भन्दा वढीको ज्यान जाने गरेको बताउँदै गृहमन्त्री थापाले त्यसको नियन्त्रणका लागि सरकारले सडक सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने बताउनुभयो ।

जथाभावी निर्माण भएको सडक, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणबाट हुने मानवीय र भौतिक क्षति ठूलो भएकाले यसको न्यूनिकरणका लागि विद्यमान नीतिहरुको परिमार्जन गर्ने तयारी भएको गृहमन्त्री थापाको भनाई थियो ।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताउनुभयो । DSC_0036कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी जनशक्तिको थप गर्दै चौकीलाई विस्तार गर्ने योजना भएको बताउनुभयो । प्रहरी ऐन चाँढै ल्याउने तयारी भएको उहाँको भनाई थियो ।

पर्यटन र जलविद्युत क्षेत्रमा म्याग्दीको ठूलो सम्भावनालाई उपयोग गर्दै समृद्ध जिल्ला बनाउनका लागि सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई सफल रुपमा कार्यन्वयन गर्न गृहमन्त्री थापाले कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । मुलुक संघिताको कार्यन्वयन तर्फ अघिवढेकाले नागरिकलाई सुशासन दिलाउने जिम्मेवारी कर्मचारीहरुको भएको उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सरकारको विपद् व्यवस्थापन नीति अनुरुपमा स्थापना भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङकलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न केन्द्रको स्थापना गरिएको बताउनुभयो । सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा प्रहरी र सशस्त्र प्रहरीका एकएकजना र प्रशासनबाट नायब सुब्बा सरहको कर्मचारी एक जना चौबिसै घण्टा खटाइने प्रजिअ अधिकारीले बताउनुभयो ।