बेनी नगरपालिका

जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामग्री सहयाेग

विकल्प न्युज / बेनि चैत १६ गते । बेनीकाे न्युराेडमा रहेकाे पाण्डे मेडिकल हलले अाईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे  छ । पाण्डे मेडकलहलका प्राेेेेेेेपाईटर प्रमाेद महताे र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदिलाई  उक्त सामग्री  हस्तान्तरण गर्नुभएकाे हाे । ३०० वटा ग्लाेब्स, १० वाेतल स्यानिटाईजर, १०० वटा मास्क […]

कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)

विकल्प न्यूज/बेनी चैत १५ गते ।  https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको […]

चैत १ गते देखि यता विदेशबाट अाएका सबैलाई क्वारेन्टाइनमा

विकल्प न्युज / बेनी चैत १४ गते ।  म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोष्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

समस्यामा परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्न उपलब्ध गराउने

विकल्प न्युज / बेनी बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान बेलुकी […]

बेनी नगरपालिकामा काेराेना राेकथामका लागि पचास लाखकाे काेष

विकल्प न्युज / बेनी बेनी, १४ चैत । म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाखको कोष बनाएको छ । बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया थप गर्ने निर्णय गरेको हो । […]

म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

विकल्प न्यूज/बेनी चैत १२ गते ।    म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका अध्यक्ष कमल खत्रीले […]

म्याग्दीका पत्रकार गौतमले गरे चैत महिनाको घरभाडा मिनाहा

विकल्प न्यूज/बेनी चैत १२ गते ।  म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतमले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हुन । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट व्यवसाय […]

यसरी गरिदैछ कालिपुलमा चेकजाँच (फोटो / भिडियो सहित)

विकल्प न्यू/बेनी चैत १० गते । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँचका लागि कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिएको छ । सुरक्षा निकायका तिनवटै अंग र म्याग्दी जेसिजको सहकार्यमा सचेतना अभ्यास तथा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।  सोमबार बेनीमा वसेको सर्वपक्षिय वैठकले गरेको निर्णय अनुसार नेपाली सेना,शसस्त्र […]

म्याग्दीका सवै कार्यालयहरुबाट यथावत रुपमा सेवा प्रवाह

विकल्प न्यूज/बेनी चैत ९ गते ।     आइतवार म्याग्दीमा रहेका सरकारी तथा निजी संघसंस्थाका कार्यालयहरुले यथावत रुपमा सेवा प्रवाह गरेका छन् । सेवा लिन कार्यालयहरुमा सेवाग्राहीहरु पुगेका छन् । बैक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीहरुको भिड लागेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा वलिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न भन्दै सार्वजनिक सेवा प्रवाह […]

लायन्सले वितरण ग¥यो घतान नेप्टेचौरमा मास्क र सावुन

विकल्प न्यूज/बेनी चैत ९ गते ।    कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार बेनी नगरपालिका–९, घतानमा भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। घतान स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा लायन्स क्लवका चिप एडभाईजर चन्द्रकुमार केसीले […]

बेनीमा १० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउन सुरु

विकल्प न्यूज/बेनी चैत ७ गते । कोरोना भाइरस संक्रमितका लागि बेनीमा १० बेड क्षमताको अस्थायी अस्पताल बनाइन सुरु गरिएको छ । शुक्रबार बेनीमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । अस्पताल शनिबार बेलुका सम्म तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बेनी नगरपालिका,नेपाली सेना, […]

खुसीको खबर ः बेनी अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै

विकल्प न्यूज/बेनी चैत ६ गते ।         उपकरणहरु जडान गरी परिक्षण पश्चात म्याग्दीमा पहिलो पटक मिर्गौला रोगीहरुले आफ्नै जिल्लामा डायलाइसिस सेवा पाउने भएका छन् । सेवा सञ्चालन सँगै डायलाइसिस सेवा लिनका लागि धेरै पैसा खर्चिएर जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सेवा सञ्चालनका लागि ४ […]

कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड बन्द

विकल्प न्यूज/बेनी चैत ५ गते ।  कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । बेनी नगरपालिका ४ सिंगा स्थित कुण्डलाई व्यवस्थापन समितिले आगमी शनिबार देखि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले अन्य तातोपानी कुण्डहरु पनि बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई बुधबार परिपत्र गर्ने जनाएको छ । धेरै ठाउँका मानिसको […]

बेनी नगरका वडास्तरमा नेकपाको अभियान तिव्र

विकल्प न्यूज/बेनी चैत २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिकाका वडाहरुमा पार्टीको अभियानलाई तिव्र पारेको छ । पार्टीको तिनमहिने अभियान अन्तर्गत नगरका सवै वडास्तरमा वैठक,भेला,अन्तरक्रिया,भेटघाट तथा प्रशिक्षणलाई तिव्र पारेको हो । एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानका शिलशिलामा पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार […]

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेर अभियान सुरु

विकल्प न्यूज/बेनी चैत १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको […]