काेराेनाका कारण म्याग्दीमा थप एक जनाकाे मृत्यु

विकल्प न्युज/ बेनी

कार्तिक २७ गते ।

काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई  दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।

उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई थप उपचारका लागि पाेखरा पठाईएकाे थियाे ।

उपचारका क्रममा विहिवार उनकाे ज्यान गएकाे हाे । उपचारकै क्रममा महिलाकाे पिसिअार परिक्षणका लागि स्वाव लिएकाेमा मृत्यु पछि उनमा काेराेना पुष्टि भएकाे लम्सालले बताउनुभयाे ।