ताजा समाचार:
Search

बुधवार देखि बेनीमा सबै सेवा खुल्ला हुने

विकल्प न्युज/ बेनी

कार्तिक २५ गते ।

बेनीमा जारि ११दिने लकडाउन भाेलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा काेेराेनाकाेे जाेखिम नभएकाे पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकाेे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदिले बताउनुभयाे ।

बेेेनी नगरपालिकाले गरेकाे सिफारिसका अाधारमा अा ज बसेकाे डिसिसिएमसिकाे वैठकले भाेलिबाट सेवा र बजार खुल्ला गर्ने निर्णय गरेकाे हाे ।

बजारमा काेराेनाकाे जाेखिम बढेकाे भन्दै गत १४ गतेबाट बेनी नगरपालिका भित्रका अत्यावश्यक वाहेकका सबै सेवा र बजार  एक हप्ताका लागि बन्द गराईकाे थियाे । बन्दलाई  २१ गते पुन थप गरि २८ गते सम्म पुर्याईएकाे हाे ।

बन्दका विचमा स्वास्थ्यकर्मी  सहितकाे टाेलिले बजारका ५८१ घरधुरिका ३९१० जना संग स्वास्थ्य अवस्था, जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेकाे र मापदण्ड पालना गर्न अनुराेध गरेकाे बेनी नगरपालिका स्वास्थ्य संयाेजक लिला गौतमले जानकारी दिनुभयाे ।

p