प्रदेश सांसद विनोद केसी र नेकपा सचिव हरिकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते । गण्डकी प्रदेशका सांसद विनोद केसी र नेकपा म्याग्दीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दुवै जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो । 

मंगलबार साँझ म्याग्दी निर्वाचन क्षेत्र क का सांसद केसी र नेकपाका सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना संक्रमित भएको जानकारी दिनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा उहाँहरु दुवैले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

सांसद केसी र सचिव श्रेष्ठ सहित म्याग्दीमा १६ जनामा कोरोना पुष्टि भएको छ । सवैजना कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पहिचान भएको हुन । सोमबार संक्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । ४६ जना माध्य १६ जनामा कोरोना पुष्टि भएको हो ।