कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भिर भएका एक युवालाई पोखरा रिफर

विकल्प न्यूज/बेनी
कार्तिक २५ गते ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका बेनी नगरपालिका ८ स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका वारीबेनीमा वस्ने २६ वर्षीय एक युवालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

कोरोना संक्रमणको लक्षण सहित उपचारका लागि तिन दिन अघि बेनी अस्पतालमा आएका ति युवाको कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमित युवाको स्वास्थ्यमा समस्या आएको छ बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो ‘स्वासप्रस्वासमा समस्याका कारण आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले गण्डकी अस्पतालमा रिफर गरेका छौं ।’ गण्डकी अस्पताल सँग कुराकानी गरी सवै व्यवस्थापन गरेर संक्रमित युवालाई पोखरा पठाइएको उहाँले बताउनुभयो ।

आजै मात्र म्याग्दीमा पोखरा रिफर गरिएका युवा सहित ४ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेहरुमा बेनपा ८ का ६५ वर्षीय पुरुष,२ का १५ वर्षीय र बेनी अस्पतालमा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । अरु तिनजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।