ताजा समाचार:
Search

उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
कात्तिक २३ गते । उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा  चितवन ठेगना भइ हाल बेनी नगरपालिका ४ सिंगा तातोपानीको एक लघुवित्तमा काम गर्ने २७ वर्षीय पुरुष र अर्को एकजना बेनपा ९ काउलेगौडा ठेगना भई रघुगंगा हाइड्रोमा काम गर्ने ३० वर्षीय पुरुष भएको लम्सालले बताउनुभयो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय आइसोलेशन तथा होम आइसोलेशनमा राखिएको निमित्त स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो ।