ताजा समाचार:
Search

भाेलीबाट बेनीका सबै सेवा खुल्ला गर्न बेनपाकाे सिफारिस

विकल्प न्युज/ बेनी

कार्तिक २५ गते ।

काेराेनाकाे जाेखिम रहेकाे भन्दै  बेनीमा  जारि लकडाउनलाई  भाेलि देखि खुल्ला गर्न बेनि नगरपालिले डिसिसिएमसिलाई सिफारिस गरेकाे छ ।

मंगलबार मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेकाे दुर्त प्रतिकार्य टाेलिकाे वैठकले जारि लकडाउनकाे समीक्षा,समुदायमा काेराेना संक्रमणकाे जाेखिम र घरघरमा खटिएका स्वास्थ्यकर्मीकाे प्रतिवेदनका अाधारमा बन्दाबन्दिकाे अवस्थालाई खुलाउनु पर्ने अवस्थाई मध्यनजर गरि डिसिसिएमसिलाई अनुराेध गर्ने निर्णय भएकाे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदिले बताउनु भयाे ।

अाजै १ बजे बस्ने डिसिसिएमसिकाे वैठकले नगरकाे सिफारिस लाई अनुमाेदन गर्ने उहाँले बताउनुभयाे ।

डिसिसिएमसिले सिफारिसलाई अनुमाेदन गरेपछि अाजै राति १२ बजेबाट कार्यन्वयन हुने छ ।

बजारमा काेराेनाकाे जाेखिम बढेपछि गत कार्तिक १४ गतेबाट नगरका अत्यावश्यक सेवा बाहेक सबैसेवा,बजार तथा बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा बन्द गरिएको थियाे ।