बेनी नगरपालिका

जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी  १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात पारेका हुन् ।   […]

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

म्याग्दी,  जेठ १४ गते ।  सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ ।  सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो ।  बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष […]

जेसीज सप्ताहमा बेनीमा आँखा परीक्षण

विकल्प न्यूज/बेनीजेठ १३ गते ।म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६ जनामा आँखामा समस्या […]

म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाईने

म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो […]

आशा जगाउदै बेनीको प्रकाश माध्यमिक विद्यालय

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ११ गते । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि,राम्रो व्यवस्थापन र पठनपाठनको शैलीमा सुधार गरेसँगै अभिभावकको रोजाईमा पर्न थालेको छ । विद्यालयले कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन थाल्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो । प्रकाश माविको प्रगति निजी विद्यालयका […]

म्याग्दी जेसीज र पत्रकारबीच मैत्रिपूर्ण फुटसल

विकल्प न्यूज/बेनीजेठ १० गते । युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७\७ […]

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी,  जेठ १० गते । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।  अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री […]

रघुगंगामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनीजेठ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी […]

कृषक पाठशालाबाट दुई सय कृषकलाई दक्ष बनाउँदै बेनी नगरपालिका (फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ८ गते । बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ । चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयमा […]

म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

विकल्प न्यूज/बेनीजेठ ७ गते । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ । सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो । बेनी नगरपालिकाको रु […]

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

५ जेठ, म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको […]

म्याग्दीको समग्र विकास मेरो पहिलो प्राथमिकता हो : राज्यमन्त्री गर्बुजा

विकल्प न्यूज\बेनीजेठ ४ गते । नेपाल सरकारका नवनियुक्त उर्जा,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो । बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा […]

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

विकल्प न्यूज\बेनीजेठ २ गते । म्याग्दी- सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद […]

म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन

बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र बुढाथोकी (मिलन), सचिवमा […]

म्याग्दीका तीन पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान

ठाकुरप्रसाद आचार्यम्याग्दी,बैशाख ३० गते । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप […]