बिजनेस

जसले कृषि फार्मबाट २० लाख कमाउनुहुन्छ

विकल्प न्यूज/रघुगंगा असार २७ गते ।दश वर्ष अघि साउदी अरबको चर्को घाममा कडा परिश्रम गरेर वर्षको दुइलाख रुपियाँ घर पठाउन भरतवहादुर मल्ललाई निकै मुश्किल थियो । ७ वर्ष कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँले गाउँ फर्कने निधो गर्नुभयो । गाउँ फर्केपछि केही वर्ष आफ्नै गाडी चलाउनुभएका मल्लले गाडी पेशाबाट पनि सन्तुष्ट नभएपछि पाँच […]

बास्कुनाका तिलक गुरुङको यस्तो छ कृषिमा सफलता

विकल्प न्यूज/बेनी असार १२ गते । यहाँका एक युवा विदेशबाट फर्किएर गाउँमै पचास लाख रुपियाँ लगानीमा बहुउद्देश्यीय कषि फार्म सञ्चालन गर्नुभएको छ । बेनी नगरपालिका ४ बास्कुनाका तिलक गुरुङ साउदी अरबबाट फर्कि आधुनिक प्रविधि प्रयोग गरि कृषि फार्म सञ्चालन गर्नुभएको हो । कुखुरापालन,पशुपालन र फलफूल खतीबाट उहाँले राम्रो सफलता पाउनु भएको छ । विदेशको ज्ञान,प्रविधि […]

ग्रीन डेभलपमेन्टद्धारा पोखरामा शाखा विस्तार

विकल्प न्यूज/बेनी बैशाख ९ गते । बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले उदघटन गरेका हुन् । बैंकको दोश्रो शाखा म्याग्दी सदरमुकाम बेनीमा छ । बैँकको उद्घाटन गर्दै कायममुकायम गभर्नर सिवाकोटीले बैँकहरुले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्नेमा […]

गरिमाका लगानीकर्तालाई अफरै अफर, २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद

काठमाडौं, फागुन ६ । गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्दैछ । बैंकको आज बसेको दशौं साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ ।माघ २० गतेसम्म कायम शेयरधनीले बैंकको बोनस प्राप्त  गर्नसक्नेछन् । त्यस्तै हकप्रद शेयर […]

बेनीमा नयाँ होटल खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ । बेनीको होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सुबिधा र लगानी थपिदै गएको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढ्ेसंगै पाहुनालाई स्तरीय सेवा प्रदान गर्न नयाँ होटल खुल्ने र पुराना होटलले क्षमत्ता तथा सुबिधा बढाउने क्रम बढेको हो । यसैक्रममा बेनीमा बुधबारदेखि नयाँ होटल हिल भ्यु तथा थकाली भान्छाघर सञ्चालनमा आएको […]

राम्चेबासी आयआर्जनमा अग्रसर

विकल्प न्यूज/बेनी पुस २७ गते । वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेको अवस्थामा म्याग्दीको राम्चेका बासिन्दा भने गाउँमै स्वरोजगार बन्न अग्रसर भएका छन् । राम्चेमा आलु, तरकारी, किवी खेती, खरायोपालन र चिज उद्योग सञ्चालन गरेका कृषकले मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत […]

पुँजी बजारमा पहुँच बढाउन अनलाइन प्रणाली लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ पुस । नेपाल धितोपत्र बोर्डले पुँजीबजारलाई थप सरल, व्यवस्थित, पारदर्शी र छिटो छरितो बनाउन नयाँ व्यवस्था लागु गर्ने तयारी गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोर्डका निर्देशक परिष्टनाथ पौडेलले शेयर कारोबारमा आम नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि आस्वा […]

बेनी नगरपालिकाद्वारा रु ७ करोड ६८ लाखको बजेट प्रस्तुत

विकल्प न्यूज/बेनी पुस २१ गते । बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु ७ करोड ६८ लाख २३ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । बेनी नगरपालिकाद्धारा विहिबार आयोजना गरेको नीति,योजना तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।पूँजीगत तर्फ ६ करोड पाँचलाख ८८ […]

धौलागिरि सेञ्चुरी पदमार्गको शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज काठमाडौ २१ पुस । म्याग्दीको रघुगंगा क्षेत्रको फन्को लगाउने धौलागिरि सेञ्चुरी पदमार्ग सञ्चालनमा आएको छ । बेनी देखि आठ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दक्षिणी आधार शिवीरसम्म पुग्ने पदमार्गको म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नक्सा सार्वजनिक गरेर शुभारम्भ गर्नुभएको हो […]

बुटिक तथा लेडिज कलेक्सनसहित बबिन टेलरिङ अब चिप्लेढुंगामा

सुरेन्द्र पौडेल पोखरा, १६ असोज । पोखराको न्युरोडमा सञ्चालित बबिन टेलरिङ सेवा बिस्तारसहित चिप्लेढुंगामा सरेको छ । टेलरिङ सटिङ सुटिङ साथै बुटिक तथा लेडिज कलेक्सनसहित सेवा बिस्तार गरिएको सञ्चालक बबिन बागदासले जानकारी दिए । आइतबार एक कार्यक्रममा बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नयाँ सोरुमको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै उनले बबिन […]

म्याग्दीमा व्यापारको शैली फेरिँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीका व्यवसायीहरुले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । ब्यापारीहरुले सामान ढुवानी र होटल व्यवसायीले पाहँुनाको सुबिधाका लागि गाडी खरिद गर्न थालेका हुन् । ग्रामिण बस्तीहरुमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासंगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने ब्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् […]

फेवा विकास बैंकको बेनी शाखाबाट सेवा शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । पोखराको चिप्लेढुङ्गामा केन्द्रिय कार्यालय रहेको फेवा विकास बैंकले बेनीमा शाखा विस्तार गरेको छ । बेनीको हुलाकचोकमा सोमबार २९ औ शाखा स्थापना गरेर वित्तिय सेवा प्रवाह सुरु गरेको हो । शाखाको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र बैंकको सञ्चालक समितिका अध्यक्ष बिन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । म्याग्दी […]

म्याग्दीमा आलुबाट गाउँमा करोडौ भित्रिदै

सडक सुबिधासंगै आलुले बजार पायो एउटै गाउँबाट डेढ करोडको आलु निकासी पुरै गाउँको आयस्रोत आलु मकै र कोदोको विकल्पमा आलु खेती राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार २७ गते । म्याग्दीको हिस्तान ३ टिकोटका धन तिलीजाले हालै ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । गत वर्ष आलु बेचेर एक लाख ९० […]

बेनीमा फेवा बैंक

विकल्प न्यूज/बेनी असार २७ गते । फेवा विकास बैंक लिमिटेडले बेनीमा शाखा स्थापना गरेको छ । पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको बैंकले बेनीको हुलाकचोकमा ३० औ शाखा स्थापना गरेको हो । शाखाको सोमबारदेखि कारोबार शुभारम्भ हुने जनाइएको छ । कर्जा लगानी, निक्षेप संकलन रेमिटेन्स लगायतका सेवा प्रवाह हुने शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । आवास, […]

सफल छ – म्याग्दीको भुरुङ्ग तातोपानीको सामूहिक कुखुरापालन

सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन ९ गते । म्याग्दीको भुरुङ्ग तातोपानी गाविसको ठूलो बगरमा स्थानीय बासिन्दाले सामुहिक कुखुरापालन गरेका छन् । भुरुङ्ग तातोपानी ७ र ८ को ठूलोबगर कटुञ्जे नागरीक सचेतना केन्द्रका सदस्यहरुले छ लाख रुपैयाँ भन्दा बढी लगानी गरेर अण्डा उत्पादनका लागि कुखुरापालन गरेका हुन् । विपन्न तथा पछाडि परेका समुदायको आयआर्जन वृद्धी गरि सामाजिक तथा […]