जसले कृषि फार्मबाट २० लाख कमाउनुहुन्छ

विकल्प न्यूज/रघुगंगा
असार २७ गते ।DSC_0819दश वर्ष अघि साउदी अरबको चर्को घाममा कडा परिश्रम गरेर वर्षको दुइलाख रुपियाँ घर पठाउन भरतवहादुर मल्ललाई निकै मुश्किल थियो । ७ वर्ष कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँले गाउँ फर्कने निधो गर्नुभयो । गाउँ फर्केपछि केही वर्ष आफ्नै गाडी चलाउनुभएका मल्लले गाडी पेशाबाट पनि सन्तुष्ट नभएपछि पाँच वर्ष अघि व्यवसायिक कृषि फार्म स्थापना गर्नुभएका हो । अहिले कृषि फार्मबाट वार्षिक २० लाख रुपियाँ भन्दा माथि आम्दानी गर्नुभएको छ ।bharat-malla-farming-1घुगंगा गाउँपालिका वडा नम्बर ३ राहुघाटका मल्लले एक करोड रुपियाँ लगानीमा व्यवसायिक कृषि फार्म स्थापना गर्नुभएको छ । उहाँले कुखुरा, बाख्रा,खरायो तथा भंैसीपालन र तरकारी खेतीमा छोटो समयमै राम्रो सफलता प्राप्त गर्नुभएको हो । २२ रोपनी जग्गाामा मल्लको बहुउद्देश्यीय कृषि फार्म छ । दुइचार लाखबाट सुरु गरेको फार्मको लगानी अहिले एक करोड रुपियाँ पुगेको मल्लले बताउनुभयो ।

फार्ममा हाल ७२ वटा जमुनापारी जातका बाख्रा छन् । पन्ध्रसय कुखुरा छन् । अहिले थप पन्ध्रसय कुखुराका चल्ला थप्ने योजनामा मल्ल हुनुहुन्छ । कुखुरा पाल्नका लागि उहाँले दुइवटा आधुनिक खोर निर्माण गर्नुभएको छ । बाख्राका लागि पनि आधुनिक खोर बनाउनुभएको छ । खसी,बोका र पाठापाठी विक्री गरेर वार्षिक ७ लाख रुपियाँ आम्दानी हुने मल्लले बताउनुयभो ।

bharat-malla-farming-2हाँले आफू र परिवार बाहेक पाँच जनालाई फार्ममा रोजगारी दिनुभएको छ । १४ हजार देखि ३५ हजार सम्ममा बोका विक्री हुने मल्लले बताउनुभयो । फार्ममा उत्पादन भएका सवै घरबाट विक्री हुने मल्लको भनाई छ । जति उत्पादन गरेपनि बजारको कुनै समस्या छैन, मल्लले भन्नुभयो ‘नगदमा घरबाटै विक्री हुन्छ ।’ भविष्यमा व्यवसायलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएको उहाँले सुनाउनुभयो ।

उहाँले गोलभेडा, काउली, बन्दा, सिमी, मुला, आलु, गाजर, साग, धनीयाँ लगायत मौसमी र बेमौसमी तरकारी खेती समेत गर्नुभएको छ । आफ्नै पसल, रेष्टुरेन्ट र बजार नजिकै भएकाले उत्पादन गर्न सकेमा जति पनि बिक्री हुने मल्लले बताउनुभयो । कृषि पेशाबाट निकै उत्साहित भएको उहाँले बताउनुभयो । धेरै पैसा खर्चेर अमेरिका र युरोप जानुभन्दा कृषिमा लगानी गर्न सके राम्रो अम्दानी लिन सकिने उहाँको सुझाव छ ।DSC_0822फार्मको आम्दानीले सन्तुष्ट रहेको बताउदै मल्लले भविष्यमा अझै फार्मको क्षमता विस्तार गर्ने योजना बनाउनुभएको छ । सुरुमा सहुलियत ब्याजदरको कृषि कर्जा, कृषि विकास र पशु सेवा कार्यालयले दिने सुबिधाको बारेमा जानकारी नपाएर समस्या भएपनि अहिले सहज भएको मल्लले अनुभव सुनाउनुभयो । जिल्ला पशुसेवा कार्यालयबाट अनुदान र प्राविधिक सेवा पाएको मल्लले बताउनुभयो ।

कृषि विकासले टनेल, विउ र पशु सेवा कार्यालयलले मासु भण्डारण गर्ने डिपफ्रिजका साथै बाख्रा र भैसी बिरामी पर्दा औषधि उपचार गर्न सहयोग गरेका छन् । जिल्ला पशु सेवा कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले व्यवसायिक रुपमा पशुपालन गरेका किसानहरुको लागि आर्थिक अनुदानका साथै प्राविधिक सेवा उपलब्ध गराएको बताउनुयभो । पशुपालनमा मल्ल जिल्लाकै नमुना किसान भएको रेग्मीले बताउनुभयो । समय समयमा फार्म मै आएर प्राविधिक सेवा उपलब्ध गराइयो उहाँले बताउनुभयो ।
जिल्लामा करिव एकसय युवाहरुले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी लिइरहेको उहाँले बताउनुयभो । ठाकुरप्रसाद आचार्य