गरिमाका लगानीकर्तालाई अफरै अफर, २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद

काठमाडौं, फागुन ६ ।

गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्दैछ । बैंकको आज बसेको दशौं साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ ।garima bikash bankमाघ २० गतेसम्म कायम शेयरधनीले बैंकको बोनस प्राप्त  गर्नसक्नेछन् । त्यस्तै हकप्रद शेयर भने साधारण सभाबाट प्रस्ताव पारित भए पछि स्वीकृतिका लागि बैंक धितोपत्र बोर्डमा जानेछ । धितोपत्र बोर्डबाट हकप्रद स्वीकृत भएपछि बैंकले अर्को बूकक्लोज गरी हकप्रद निष्काशन गर्नेछ ।

हाल एक अर्ब आठ करोड चुक्तापूँजी रहेको बैंकको २० प्रतिशत बोनस शेयर वितरण पछि चुक्तापूँजी एक अर्ब २९ करोड पुग्नेछ र बोनसपछि कायम पूँजीमा ७० प्रतिशत हकप्रद बिक्री गरेपछि पूँजी दुई अर्ब १९ करोड पुग्ने देखिन्छ ।

गरिमाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ९५ लाख खुद मुनाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो । बैंकले गतवर्षको सो अवधिमा जम्मा ८ करोड ९९ लाख रुपैंया मात्रै खुद नाफा कमाएको थियो । aarthiknews.com