बेनी नगरपालिकाद्वारा रु ७ करोड ६८ लाखको बजेट प्रस्तुत

विकल्प न्यूज/बेनी
पुस २१ गते ।
बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु ७ करोड ६८ लाख २३ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । बेनी नगरपालिकाद्धारा विहिबार आयोजना गरेको नीति,योजना तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।beni-nagarपूँजीगत तर्फ ६ करोड पाँचलाख ८८ हजार र चालु खर्चका लागि एक करोड ६२ लाख ३५ हजार रुपियाँ प्रस्ताव गरिएको छ । चालु तर्फको प्रस्तावित अनुमानमा नेपाल सरकारको ५० लाख ६० हजार,आन्तरिक स्रोतबाट एक करोड ११ लाख ७५ हजार र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ २८ लाख ७० हजार खर्च हुने अनुमान गरिएको छ । dsc02809त्यसै गरि पूँजीगत तर्फ नेपाल सरकारको केन्द्रिय निर्सत अनुदान २ करोड ८२ लाख ८८ हजार,आन्तरिक स्रोतबाट ३ लाख,नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १ करोड पचास लाख र सडक बोर्ड बाट ४५ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसै गरि नगरपालिका भित्र नमुना सडकका लागि एक करोड र सोर्य सडक वत्ति जडानका लागि २५ लाख रुपियाँ प्राप्त हुने अनुमान कार्यकारी अधिकृत सुवेदीले बजेट बक्तव्यमा उल्लेख गर्नुभएको छ ।

सुवेदीको बजेट बक्तव्यमा नगर क्षेत्रमा कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,आमसञ्चार,सडक,खानेपानी र पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रहरुमा लगानी अभिवृद्धि गरिने कुरामा जोड दिइएको छ । नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्र वातावरण मैत्री विकासको पैरवी गर्ने तथा वातावरणमैत्री स्थानीय शासन अवधारणा अवलम्वन गर्ने जनाइएको छ । dsc02807कार्यक्रमका प्रमुख अतिथि संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्रि श्रीप्रसाद जवेगु ले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि नहुँदा बजेट कार्यन्वयनमा समस्या आएको बताउनुभयो । मन्त्री जवेगुले नगरविकास गुरुयोजना निर्माण गरी समृद्ध बेनी नगरपालिका बनाउनका लागि सवै एकजुट्नु हुनुपर्ने बताउनुभयो ।

उहाँले मुलुक साधन स्रोत सम्पन्न भएपनि उचित परिचालन नहँदा विदेशी सँग भिख माग्नुपर्ने अवस्था आएको बताउनुभयो । मन्त्री जवेगुले नयाँ संविधानको कार्यान्वय सँगै मुलुक समृद्धिको बाटोतर्फ लम्कीने बताउनुभयो । dsc02802सार्वजनिकिकरण कार्यक्रममा दलका नेताहरुले प्रस्ताव गरिएका योजनाहरुको पूर्ण कार्यन्वयनमा जोड दिएका थिए । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य,स्थानीय विकास अधिकारी प्रेमराज गिरि,पूर्व सभासद् गोविन्द पौडेल,नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ,नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,नकपा माओबादी केन्द्रका जिल्ला कोषाध्यक्ष शेरवहादुर केसी,राप्रपाका पहलवहादुर खत्री,राजमोका विष्णुकुमारी कार्की,राष्ट्रिय जनमुक्तिका नरवहादुर थापा,संघिय समाजवादीका मुक्ति रोका,अखण्ड पार्टीका डम्बर वहादुर बानियाँ र नयाँ शक्तिका भुपेन्द्र बुढाथोकी लगायतले विचार व्यक्त गरेका थिए ।

यसै गरि आगमी आर्थिक वर्ष ०७४/०७५ मा लक्षित बर्ग अन्तर्गत एकसय ३३,आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार विकास अन्तर्गत २१,पर्वद्धनात्मक ५१, सौर्य सडक बत्ति कार्यक्रम १ नमुना सडक योजना १, सडक मर्मत सम्भार कार्यक्रम तर्फ ६ योजनाहरु रहेका छन् ।beniवस्ती तथा वडास्तरबाट छनौट भइ आएका योजनाहरु समावेश गरिएको कार्यकारी अधिकृत सुवेदीले बताउनुभयो । उहाँले सवैको सहकार्यबाट नै योजनाहरु कार्यन्वयन गर्न सहज हुने बताउनुभयो । बेनी नगरपालिका क्षेत्र भित्रका धार्मिक,साँस्कृतिक तथा प्राकृतिक स्रोत र सम्पदाहरुको समुचित विकासका लागि सम्भावनाहरुको खोजी गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।

नगर क्षेत्र भित्रका सडकहरुको स्तर उन्नति गरिनुका साथै नगर यातायात गुरुयोजना लागू गर्ने कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाको फोहोर व्यस्थापनलाई प्रभावकारी बनाई विद्यामान ल्याण्डफिल साइटलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने जनाइएको छ । कार्यकारी अधिकृत सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत नगरपालिका इन्जिीनियर विमल रञ्जन कार्की र सञ्चालन सोविता शर्माले गर्नुभएको थियो ।