बेनीमा नयाँ होटल खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ ।
बेनीको होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सुबिधा र लगानी थपिदै गएको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढ्ेसंगै पाहुनालाई स्तरीय सेवा प्रदान गर्न नयाँ होटल खुल्ने र पुराना होटलले क्षमत्ता तथा सुबिधा बढाउने क्रम बढेको हो ।

यसैक्रममा बेनीमा बुधबारदेखि नयाँ होटल हिल भ्यु तथा थकाली भान्छाघर सञ्चालनमा आएको छ । बेनीमा होटल यती सञ्चालन गर्दै आएका पूर्ण गौचनले पिपलचोकमा पचास लाख रुपैयामा सुबिधा सम्पन्न अर्को होटल स्थापना गर्नुभएको हो ।  IMG_1776५० जनाको क्षमत्ता भएको सो होटलमा १७ वटा कोठा छन् । कोठामा एसी, टिभी, फ्रि वाईफाई र तातोपानीको सुबिधा छ । तालीमहल र पार्कीङको सुबिधा पनि रहेको सो होटलले आफ्नै गाडीबाट पाहुनालाई यातायात सेवा दिने व्यवस्था मिलाएको जनाएको छ ।IMG_1789सात जनाले रोजगारी पाएका छन् । आरामदायी र सुबिधायुक्त कोठाको साथै थकाली खानाका परिकार होटलको मुख्य बिशेषता हो । पाहुनाको चाप बढेकाले नयाँ होटल सुरु गरेको गौचनले बताउनुभयो । बेनीको पुरानो मध्यमा पर्ने होटल यतीले यसै वर्ष नयाँ भवन निर्माण गरेर एट्याच बाथरुम र एसी सहित छ वटा कोठा थप गरेको थियो ।IMG_1791पछिल्लो पाँच वर्षयता बेनी, घोडेपानी, सिंगा तातोपानी, दरवाङ, भुरुङ तातोपानी लगायतका ठाउँमा नयाँ होटल तथा रेष्टुरेन्ट स्थापना हुने र पुरानाले सेवा, सुबिधा, पुर्वाधार बढाउन थालेपछि होटल तथा रेष्टुरेष्ट ब्यवसायमा लगानी बढेको छ । म्याग्दीका पर्यटकीय स्थल र मुस्ताङ जाने पर्यटक तथा तिर्थयात्रीहरुलाई लक्षित गरेर अन्य होटलहरुले समेत सेवा, सुबिधा र क्षमत्ता बढाएका हुन् ।

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा गत आर्थिक वर्ष २०७२७३ मा दर्ता भएका २१ वटा सहित ५१० वटा होटल तथा रेष्टुरेष्टहरु सञ्चालनमा रहेका छन् । ८७ करोड रुपैया लगानी भएको म्याग्दीका होटलहरुमा एक हजार दुइसय ७५ जनाले रोजगारी पाएको समितिका खरिदार ईन्द्र पौडेलले बताउनुभयो ।