बास्कुनाका तिलक गुरुङको यस्तो छ कृषिमा सफलता

विकल्प न्यूज/बेनी
असार १२ गते ।
यहाँका एक युवा विदेशबाट फर्किएर गाउँमै पचास लाख रुपियाँ लगानीमा बहुउद्देश्यीय कषि फार्म सञ्चालन गर्नुभएको छ । बेनी नगरपालिका ४ बास्कुनाका तिलक गुरुङ साउदी अरबबाट फर्कि आधुनिक प्रविधि प्रयोग गरि कृषि फार्म सञ्चालन गर्नुभएको हो । कुखुरापालन,पशुपालन र फलफूल खतीबाट उहाँले राम्रो सफलता पाउनु भएको छ । विदेशको ज्ञान,प्रविधि र सिपलाई गुरुङले कृषि फार्ममा भित्राउनु भएको छ ।DSC_0216घर खर्च जुटाउन एक दशक सम्म अरब मुलुकहरुमा श्रम खर्चिनुभएका गुरुङ अहिले भने जिल्लाकै नमुना कृषकका रुपमा चिनिनुहुन्छ । तातो मौसममा पसिना बगाएर केही उपलब्धी गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक कृषि पेशा सुरु गरेको उहाँले बताउनुभयो । गाउँलाई नै बदल्ने अठोटका साथ विदेशबाट फर्किएका गुरुङकै नेतृत्वमा यतिखेर वास्कुनामा सुन्तला खेती फस्टाएको छ ।

विदेशी भुमिमा श्रम, पसीना बगाएका गुरुङको दैनिकी यतिखेर फेरिएको छ । १५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग हुनुहुन्छ । कृषि पेशाबाट प्राप्त आम्दानीले छोराछोरीहरुलाई रोजेको क्याम्पस र विद्यालयमा पढाउन गुरुङलाई पैसाको कमि छैन । DSC_0207अन्नबालीको विकल्पमा १६ रोपनी जमिनमा ७५० सुन्तलाको बोट लगाएका गुरुङले गत वर्ष चार लाख रुपियाँको सुन्तला बिक्री गर्नुभयो । सुन्तलामा सिँचाई गर्न उहाँले बोटका जरा जरामा पानी र खाद्यतत्वको आपुर्ती हुने थोपा सिँचाई प्रबिधि प्रयोग गर्नुभएको छ । tilakवि.स २०५९ सालमा केञ्जन बहुउद्देश्यीय कृषि फार्म स्थापना गर्नुभएका गुरुङले ७ बर्ष देखि सुन्तला खेती संगै १५ ओटा गाईभैसी र अण्डा उत्पादन हुने तिन हजार लेयर्स जातका कुखुरा पाल्नु भएको छ । दैनिक दुई हजार एकसय गोटा अण्डा र ५० लिटरका दरले दूध उत्पादन हुन्छ ।

फार्ममा उत्पादन भएका कृषि उपजहरु सदरमुकाम बेनीमा सहजै बिक्री हुने उहाँले बताउनुभयो । कृषि उपज बजारमा सम्म पु¥याउनका लागि गुरुङले १५ लाख रुपियाँमा जिप पनि खरिद गर्नुभएको छ ।

दूध र अण्डाबाट खर्च कटाएर मासीक दुई लाख रुपियाँ बचत गर्ने गुरुङले विदेशको कृषि फार्ममा सिकेको सिपलाई गाउँमा सदुपयोग गर्नुभएको हो । साउदी अरब हुँदा दैनिक ८ घण्टा भैसीको मल मात्र उठाउने काम गरेको थिए गुरुङले भन्नुभयो,‘विदेशमा यस्तो काम गर्न हुने स्वदेशमै किन नहुँने भनेर म घर फर्के ।’tilak 2छ वर्ष साउदी र २ वर्ष कम्बोडीयामा काम गरेका गुरुङले त्यहाँको आधुनिक कृषि प्रणालीबाट प्रभावित भएर गाउँमै कृषि फार्म सञ्चालन गरेको बताउनुभयो । कृषि फार्मबाट भएको आम्दानीको ठुलो हिस्सा उहाँले छोरा छोरीको शिक्षामा खर्चनुभएको छ ।

उहाँका चार वटा छोरीहरुले इन्जिनियरीङ, बिबिए, बिएल र स्टाफ नर्स अध्ययन गरीरहेका छन् । एक छोरा र एक छोरी सिंगाकै निजी विद्यालयमा माध्यमिक तहको शिक्षा लिइरहेका छन् । गुरुङ अध्यक्ष रहेको बास्कुना कृषि सहकारी संस्थाको नेतृत्वमा बास्कुनालाई फलफुल र दूध गाउँ (एफ.एम भिलेज) बनाउने अभियान सञ्चालन भएको छ ।DSC_0175बास्कुनाका १९ घरधुरी कृषकले ब्यवसायिक सुन्तला खेती गरेका छन् । अधिकांशले गाईभैसी पालेर दूध बिक्री गर्छन् । गुणस्तरीय उत्पादन गर्न सकेमा बजार र उचित मूल्य पाइने गुरुङको अनुभव छ । बास्कुनामा सिँचाई र सहज सडक सुबिधाको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

सडकमा नियमित सवारी सञ्चालन तथा बालमखोलाबाट पानी ल्याउने सिँचाई आयोजना निर्माण गर्नुपर्ने बास्कुनाका कृषकहरुको माग छ । गुरुङ लगायत बास्कुनाका कृषकहरुलाई जिल्ला कृषि विकास र पशु सेवा कार्यालयले विभिन्न कार्यक्रम मार्फत प्राबिधिक सहयोग गर्दै आएका छन् ।

रोजगारीको खोजीमा दैनिक हजारौ युवाहरु बिदेशीरहेका बेला बास्कुनाका गुरुङ स्वदेशमै कृषि उद्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने सन्देश दिन सफल भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

जिल्लामा करिव दुइसय युवाहरु व्यवसायिक कृषि पेशामा संलग्न भएको कृषि विकास कार्यालयको तथ्याङमा छ ।