राम्चेबासी आयआर्जनमा अग्रसर

विकल्प न्यूज/बेनी
पुस २७ गते ।

वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेको अवस्थामा म्याग्दीको राम्चेका बासिन्दा भने गाउँमै स्वरोजगार बन्न अग्रसर भएका छन् ।

राम्चेमा आलु, तरकारी, किवी खेती, खरायोपालन र चिज उद्योग सञ्चालन गरेका कृषकले मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका हुन् ।

करिब एक दशकसम्म खाडी मुलुक साउदीमा पसिना बगाएका राम्चे–४ का ५० वर्षिय भक्तबहादुर पुर्जा अहिले आफ्नै गाउँघरमा सफल कृषकका रूपमा परिचित छन् । युवा उमेरको ऊर्जाशील जीवन घरपरिवार चलाउनका लागि खाडीमा बिताएका पुर्जा विगत करिब दुई दशकदेखि तरकारी खेती, खरायोपालन र होटल ब्यवसाय गरेर आम्दानी गरिरहनुभएको छ । Ramche ma Aalu Khandai Farmer (2)दश वर्ष साउदी लगायतका मुलुकमा रोजगारीका लागि बिताएका राम्चे–४ कै राजु गर्बुजाले पनि गाउँमै खरायोपालन र आलुखेतीबाट वार्षिक दुई लाख भन्दा बढी आम्दानी गर्नुहुन्छ । गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसामा लागेको बताउने पुर्जाले ब्यवसायीक खरायोपालन र आलु खेती गरेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताउनुभयो । kibi3तरकारीखेती र पर्यटनमा उच्च सम्भावना बोकेको राम्चे गाविसमा विदेशमा पुगेर फर्किएका युवासँगै गाउँमै भएकाहरू समेत कृषि क्षेत्रमा व्यावसायिक बन्न थालेका छन् । नांगीको हिमाञ्चल माविमा १९ वर्षदेखि शिक्षण गर्दै आएका कृष्ण पुनले तरकारी खेतीबाट वार्षिक दुई लाख सम्म आम्दानी गर्नुहुन्छ ।

रोजगारीका लागि १६ वर्ष भारतीय गोर्खा सैनीक र आठ वर्ष अफगानीस्तानमा बिताएका राम्चे ४ का यामबहादुर पुनले गाउँमै फर्कीएर गाईपालनसंगै एक वर्षदेखि चिज उद्योग सञ्चालन गर्नुभएको छ । त्यसैगरी राम्चेकी सुनिता पुर्जाले खरायोको मासुको सुकुटी बनाएर पोखरा काठमाडौँमा निकासी गरेर वार्षिक लाखौ आम्दानी गरिरहनुभएको छ ।ramche-basiकम लगानी र समय छिटो प्रतिफल पाईने भएकाले राम्चे नांगीको धेरै जसो बासिन्दाले व्यावसायिक रूपमा खरायोपालन गरेका छन् । राम्चेका स्थानीय पछिल्लो समय खरायोपालनसँगै आलुखेती र किबी खेतीमा समेत आकर्षित भइरहेका छन् । राम्चे गाविसबाट वार्षिक एक करोड रुपैया भन्दा बढीको कृषि उपज निकासी हुने गरेको अगुवा कृषकहरुले बताएका छन् ।