पुँजी बजारमा पहुँच बढाउन अनलाइन प्रणाली लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ पुस । नेपाल धितोपत्र बोर्डले पुँजीबजारलाई थप सरल, व्यवस्थित, पारदर्शी र छिटो छरितो बनाउन नयाँ व्यवस्था लागु गर्ने तयारी गरेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोर्डका निर्देशक परिष्टनाथ पौडेलले शेयर कारोबारमा आम नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि आस्वा प्रणाली लागु गर्ने तयारी भएको जानकारी दिनुभयो ।dhito-patra-program

आस्वा प्रणाली मार्फत माघ १ गतेबाटे सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा लगानी कर्ताहरुले बैंक तथा वित्तिय संस्थामा रहेको खातामा आवेदन वरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँड पछि आवेदकको वाँडफाँडमा परेको धितोपत्र वरावरको रकम मात्र खाताबाट खिच्ने प्रणाली लागू हुने भएकाले यस अघि भएको झन्झटिलो प्रक्रियाको अन्त्य हुने बताउनुभयो । आश्वा प्रणालीमा सुचिकृत भएका वैंकहरु मार्फत कुनै पनि कम्पनिको शेयर खरिद गर्नका लागि निवेदन दिन सकिने उहाँको भनाई थियो ।dsc_0101निर्देशक पौडेलले यो प्रणाली लागू भएपछि सर्वसाधारणले घरमै बसेर अनलाईनको माध्यमबाट सेयर कारोबार गर्न सक्ने हुँदा पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले साना लगानीकर्तालाई पुँजीबजारमा समेट्न जनचेतना अभिवृद्धी र सहज पहुँचको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

बोर्डका उपनिर्देशक निरञ्जन घिमीरेले पुँजीबजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । गैरआवासिय नेपाली र बिदेशी कम्पनीहरुको पुँजीबजारमा लगानी भित्र्याउनका लागि कार्यबिधी तयार गर्न समिति गठन भैसकेको उपनिर्देशक घिमीरेले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले जलविद्युत आयोजनाबाट लगानी कर्ताले हाल तिस वर्षसम्म मात्र मुनाफा पाउने ब्यवस्था रहेकोमा सरकारलाई आयोजना हस्तान्तरण गरेपछि पनि मुनाफा पाउने नितीगत व्यवस्था गरेमा जलविद्युतमा निजी क्षेत्रको लगानी बढाउन प्रोत्साहन मिल्ने सुझाव दिनुभएको थियो ।

उद्योगी, ब्यवसायी, बैङ्क तथा वित्तिय संस्थाका कर्मचारी, सरकारी अधिकारी, प्रध्यापक, विद्यार्थी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा पुँजीबजारमा लगानीको प्रक्रिया, यसको सम्भावना र चुनौतीको विषयमा जानकारी गराइएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, महासचिव राजेश शाक्यको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा बोर्डका राजुबहादुर जिसीले प्रकाश पार्नुभएको थियो ।