ताजा समाचार:
Search

म्याग्दीमा व्यापारको शैली फेरिँदै

सन्तोष गौतम/विकल्प न्यूज
भदौ ७ गते ।
म्याग्दीका व्यवसायीहरुले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । ब्यापारीहरुले सामान ढुवानी र होटल व्यवसायीले पाहँुनाको सुबिधाका लागि गाडी खरिद गर्न थालेका हुन् ।

ग्रामिण बस्तीहरुमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासंगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने ब्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् । ब्यापारको शैली फेरीएको छ । पहिले ग्राहक ब्यापारी खोज्दै बजार आउने गर्दथे । अहिले ब्यापारी गाडीमा सामान बोकेर ग्रामिण क्षेत्रका ग्राहकको घरदैलोमा पुग्ने गर्छन् ।Gadiबेनी, तातोपानी, दरवाङ, भुरुङ तातोपानी लगायतका ठाउँमा रहेका किराना, खाद्यान्न, तरकारी, भाँडा, हार्डवर्यर र कपडा व्यवसायीहरुले पछिल्लो समय आफ्नै गाडीमा सामान ढुवानी गर्न थालेका छन् । अरुको गाडीमा सामान ढुवानी गर्दा पालो कुर्नेपर्ने र भनेको समयमा पु¥याउन नसक्ने समस्या भएपछि आफ्नै गाडी किनेको बेनीका भाँडा व्यवसायी रामचन्द्र तिमील्सीनाले बताउनुभयो ।

ग्राहकले भनेको समयमा सहज रुपमा सेवा पाउन थालेपछि ब्यापार पनि बृद्धी भएको उहाँको अनुभव छ । बेनीका अधिकांश डिलर राखेका होलसेल ब्यापारीहरुले आफ्नै गाडीबाट सामान ढुवानी गर्छन् । घरायसी प्रयोजनका लागि पनि निजी गाडी उपयोगी भएको दाना तथा पशुजन्य औषधी व्यवसायी टेकप्रसाद सापकोटाले बताउनुभयो ।

होटलहरुले पनि गाडीको सुबिधा दिन थालेका छन् । हालै मात्र होटल याक, डल्फीन र एसीयन होटलले महिन्द्रा कम्पनीको स्कारपीयो गाडी किनेका छन् । होटलमा आउने पाहँुनालाई घुमाउन र उनिहरुले चाहेको सुबिधा दिनका लागि गाडी खरिद गरेको होटल याकका सञ्चालक बाबुराम आचार्यले बताउनुभयो । पाहँुनालाई विभिन्न ठाउँमा घुमाउन भाडाका र बागलुङ, पोखराबाट मगाएर गाडीको ब्यवस्था गर्नुपर्ने समस्याको अन्त्य भएको आचार्यले बताउनुभयो ।

म्याग्दीमा ब्यापारीक प्रयोजनका लागि बोलेरो, पिकअफ भ्यान, अल्ट्रा र घरायसी तथा होटलको लागि स्कारपीयो ब्राण्डको गाडी भित्रने क्रम बढेको अटो व्यवसायीहरुले बताएका छन् । बेनीमा भित्र्ीएका गाडीहरुको मूल्य २५ देखि ६० लाख रुपैयाँ रहेको छ । म्याग्दीका लागि महिन्द्रा कम्पनीको अधिकृत बिक्रेता रारा अटो मोवाईल्सका सञ्चालक हरि भण्डारीले गत मंसिर यता म्याग्दीमा एक सय वटा नयाँ गाडीहरु बिक्री भएको बताउनुभयो ।

उहाँका अनुसार निजी गाडी किन्नेहरुमा अधिकांश ब्यापारीहरु छन् । बैङ्क तथा वित्तिय संस्थाको सुबिधाका कारण पनि व्यवसायीहरुलाई सवारी साधन खरिद गर्न सहज भएको छ । निजी गाडी सामान ढुवानीका साथै न्युनमात्रामा सार्वजनीक सवारी चल्ने गाउँका कच्चि बाटोमा यात्रु बोक्न पनि प्रयोग भएका छन् ।

ग्रामिण क्षेत्रमा उत्पादीत ढूध, आलु, तरकारी बजारमा ल्याउन, बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ । सडक पुगेको सबैजसो बस्तीमा एउटा न एउटा सार्वजनिक अथवा निजी गाडी छन् । टोल टोलमा गाडी उपलब्ध हुन थालेपछि बिरामी पर्दा समयमै सस्तोमा अस्पताल पुग्न पाएका छन् । एम्बुलेन्स, ट्याक्सी बोलाउँदा तिन चार हजार खर्च हुने र धेरै समय कुर्नुपर्नेमा गाउँमै गाडी भएपछि एक हजार पन्ध्रसय तिरेर अस्पताल पुग्ने सुबिधा पाएका छन् । यसैगरी बिदेशबाट घर फर्कने लाहुरेहरु पनि निजी गाडी रिजर्भ गरेर गाउँ पुग्न थालेका छन् । पहिले भरियालाई सुटकेस बोकाएर पैदल हिडेर गाउँ पुग्ने लाहुरेहरु अहिले गाडीबाट आगनमै पुग्दा दंग परेका छन् ।