विकल्प न्यूज/बेनी
असार २७ गते ।
फेवा विकास बैंक लिमिटेडले बेनीमा शाखा स्थापना गरेको छ । पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको बैंकले बेनीको हुलाकचोकमा ३० औ शाखा स्थापना गरेको हो ।
शाखाको सोमबारदेखि कारोबार शुभारम्भ हुने जनाइएको छ । कर्जा लगानी, निक्षेप संकलन रेमिटेन्स लगायतका सेवा प्रवाह हुने शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । आवास, व्यक्तिगत, आवधिक, हायर पर्चेज, अटो, शैक्षिक, कृषि, बैदेशिक रोजगारी, साना तथा मझौला उद्यम, सजिलो, विपन्न वर्ग लगायतका कर्जा योजना रहेका छन् ।
यसैगरी तिन महिने, छ महिने, नौ महिने, एक वर्षे, दुई वर्षे र पाँच वर्ष भन्दा माथिको मुद्दती निक्षेप योजना रहेको छ ।
एक अर्ब पाँच करोड अधिकृत, एक अर्ब २९ करोड जारी र एक अर्ब २९ करोड चुक्ता पुँजी रहेको बैंकले सजिलो, नारी, साधारण, बालबालीका, ग्रप, जेष्ठ नागरीक लगायतका बचत निक्षेप योजना सञ्चालन गरेको छ ।
सुनचाँदी घितोमा कर्जा, एटिएम, एबिबिएस सेवा, एमएमएस बैङ्कीङ सेवा पनि दिइने शाखाले जनाएको छ । फेवाको शाखा स्थापना भएपछि बेनीमा कारोबार गर्ने बैक तथा वित्तिय संस्थाको संख्या १२ वटा पुगेको छ ।