समाचार
मिलन म्याग्दीको अध्यक्षमा गर्बुजा
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ६ गते । मिलन म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पुनः जुना गर्बुजाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा शिव बानियाँ, सहसचिवमा दिलमाया बिटालु र कोषाध्यक्षमा कमला बानियाँ रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा अमर बानियाँ, तेजबहादुर […]
बेनीमा जडिवुटी प्रयोग सम्बन्धी जानकारीमुलक कार्यक्रम
सन्तोष गौतम /विकल्प म्याग्दी ६ मंसिर । म्याग्दीको बेनीमा आईतबार स्थानीय जडिवुटीको प्रयोगबारे चेतनामुलक कार्यक्रम गरिएको छ । म्याग्दीमा पाइने जडिवुटी र यसको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्यले जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, वन प्राबिधिक, आर्युवेदीक स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा जडिवुटीको महत्व, प्रयोग गर्ने […]
म्याग्दीको देविस्थानमा ४.१ को भूकम्प
विकल्प/म्याग्दी मंसिर ६ गते । जिल्लाको पश्चिम देविस्थान गाविसलाई केन्द्र विन्दु बनाएर ४.१ को भूकम्प गएको छ । दिउँसो १२ बजेर ४१ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले सामान्य रुपमा झट्का दिएको स्थानीयवासी दिलवहादुर पुनले बताउनुभयो । पुनका अनुसार भूकम्पले गाउँमा कुनै क्षति भएको छैन । […]
हिदी गाउँमा पहिलो पटक गाडी पुग्दा गाउँमा खुसीयाली
सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ५ गते । म्याग्दीको कुहुँ, बाबियाचौर र दरवाङ गाविसको ९ नम्बर वडामा पर्ने हिदी गाउँमा शनिबार पहिलो पटक गाडी पुगेको छ । कुहुँ, थाईवाङ हुदै कुहुँ ९ हिदीमा पहिलो पटक पुगेको गाडी र चालकलाई स्थानीयबासीहरुले अबिरजात्रा र फुलमालाले स्वागत गरेका त्यहाँबाट सिद्ध शान्ति माविका शिक्षक ठाकुरप्रसाद तिवारीले जानकारी दिनुभयो । […]
कराँते प्रतियोगितामा म्याग्दीलाई तीन पदक
विकल्प/म्याग्दी मंसिर ६ गते । सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा धनगढीमा भएको सातौ खुल्ला अन्र्तराष्ट्रिय कराँते प्रतियोगितामा म्याग्दीले तीन पदक जितेको छ । धनगढीको सुदुर पश्चिमाञ्चल क्षेत्रीय रंगशालामा मंसिर ३ देखी ५ गतेसम्म भएको खेलमा म्याग्दीबाट सहभागि भएका तीन जनाले नै पदक हात पारेका हुन् । एकल पुरुष काँटामा चन्द्र बुढा प्रथम, एकल […]
पुलत्स्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा ः बानियाँ
विकल्प /म्याग्दी मंसिर ६ गते । म्याग्दीको बेनी नगरपालीका ११ पछैमा रहेको पुलत्स्य, पुलह क्षेत्र विकास कोषको शनिबार आठौ अधिवेशन सम्पन्न भएको छ । अधिबेशनमा वोल्ने वक्ताहरुले पुलत्स्य क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । अधिवेशनले लिलाबहादुर बानिया अध्यक्ष, रामबहादुर बानिया उपाध्यक्ष, माधवप्रसाद रेग्मी सचिव र रामचन्द्र पौडेल कोषाध्यक्ष रहनुभएको कोषको […]
मंसिर ८ गते उपराष्ट्रपति राम्चेको करबाकेली मन्दिरमा आउने
विकल्प /म्याग्दी मंसिर ५ गते । उपराष्ट्रपति नन्द किशोर पुन म्याग्दीको राम्चे गाविस–७ काफलडाँडामा पुनमगरहरूको कुल देवता करबाकेली मन्दिरमा आउनुहुने भएको छ । मंसिर ८ गते मन्दिरमा हुने कुलपुजामा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति आउन लागेको करवाकेली बाबा संरक्षण समितिका अध्यक्ष आश बहादुर पाईजाले जानकारी दिनुभयो । ‘उहाँ आउने निश्चित भएको छ । हामीले पुजालाई भब्य […]
सुन्तलाका दाना झर्न थालेपछि कृषक चिन्तित
सन्तोष गौतम /विकल्प म्याग्दी, मंसिर ५ गते । बजारमा लैजाने तयारी भएको सुन्तलाका दाना कुहीएर झर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । दानाभित्र किरा लागेर झरेको हो । बगैचामा पतेरो र ‘फ्रुट फ्लाइ’ रोगको प्रकोपले नपाक्दै दाना पँहेलो भएर झर्ने समस्या बढेको कृषकहरुले बताएका छन् । बोटमा फल राम्रो लागेपनि एक महिनादेखि लगातार दाना […]
कुटनीतिक पहलद्धारा नाकाबन्दी खुलाउन शान्ति समाजको आग्रह
सन्तोष गौतम/विकल्प म्याग्दी,मंसिर ५ गते । मानव अधिकार तथा शान्ति समाजले वार्ता, सम्वाद र कुटनीतिक पहलद्धारा नेपालको सिमा क्षेत्रमा भारतिय पक्षले गरेको नाकाबन्दी खुलाएर जनजिवनलाई सहज बनाउन आग्रह गरेको छ । समाजको शनिबार म्याग्दीको गलेश्वरमा सम्पन्न १८ आंै राष्ट्रिय परिषद् बैठकले नाकाबन्दीले नेपाली जनताहरु सबै प्रकारका मानव अधिकारको उपभोग गर्नबाट बञ्चित भएको ठहर गर्दै खुलाउन […]
मिलन म्याग्दीको सातौं अधिवेशन बेनीमा सुरु
केपी सापकोटा / विकल्प म्याग्दी मंसिर ५ गते – म्याग्दी जिल्लामा क्रियाशिल गैरसरकारी संस्था मिलन म्याग्दीको शनिबार बेनीमा ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शुरु भएको छ । साधारणसभामा संस्थाका सचिव भविराम किसानले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा थजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य रेशमबहादुर बानियाँले गैरसरकारी […]
नाकाबन्दी गर्नेलाई अन्तराष्ट्रिय अदालतको कठ्घरामा उभ्याउनु पर्दछ
विकल्प /म्याग्दी मंसिर ५ गते । नेपालीले आफ्नै खुट्टामा टेकेर संविधान बनाउदा नाकाबन्दी गर्नेहरुलाई अन्तराष्ट्रिय अदालतको कठ्घरामा उभ्याउनुपर्ने मानवअधिकारवादी नेताहरुले बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा मानवअधिकार तथा शान्ति समाजको १८ औं राष्ट्रिय परिषद् बैठक भाग लिन आएका मानवअधिकारवादी अगुवाहरुले भारतीय नाकाबन्दीको विरुद्ध आन्तराष्ट्रिय अदालतमा मुद्दा दर्ता गराउनु पर्नेमा जोड दिएका हुन । बैठकको उद्घाटन […]
गलेश्वरमा शान्ति ¥याली र सरसफाई
सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ५ गते । म्याग्दीको गलेश्वरमा शनिबार बिहान शान्ति ¥याली र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठकको अवसरमा ¥याली र सरसफाई गरिएको हो । समाजको म्याग्दी शाखा र गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयोजनमा भएको कार्यक्रममा बैठकमा सहभागि हुन आएका […]
म्याग्दीमा महिला हिंसाविरुद्धको १६ दिने अभियान
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दी जिल्लामा यसवर्ष पनि विविध कार्यक्रमहरुको आयोजना गरी ‘घर शान्ति नै विश्व शान्तिको आधार, पूननिर्माण शिक्षा र समान व्यवहार’ भन्ने मूल नारासहित महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइने भएको छ । लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम तयारी तथा समन्वय गर्न जिल्ला संयोजन समितिको बिहीबार बेनीमा बसेको सरोकारवाला निकायको […]
ब्रेनट्युमर पीडित विश्वकर्मालाई हङकङबाट सहयोग
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दीको कुहुँ १ पूर्णगाउँका ब्रेनटियुमर पीडित नियुसन विश्वकर्मालाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । बराङ्जा ८ स्थायी घर भई हाल हङकङमा रहेकी जालमाया रोकाको पहलमा सङ्कलित नगद एकलाख ३० हजार ६०० रुपैयाँ लाल युवा क्लबको आयोजनामा बिहीबार पीडित विश्वकर्माको आमा यामकुमारी विश्वकर्मालाई हस्तान्तरण गरिएको हो । […]
अनेरास्ववियू म्याग्दीको कालोबजारी नियन्त्रण अभियान
विकल्प/म्याग्दी मंसिर ४ गते । अनेरास्ववियू म्याग्दीले भारतीय नाकाबन्दीलाई देखाउँदै भइरहेको कालोबजारी नियन्त्रणका लागि अभियान चलाउने भएको छ । शुक्रबार विहान भएको बैठकले बजारमा इन्धन, खाद्य साम्रागी, भाडाका सवारीसाधन, खाद्यसाम्रागी लगाएतमा भइरहेको कालोबजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने त्यसैगरी गुनासो आएको क्षेत्रमा पुगेर नियन्त्रणमा पहल गर्ने अध्यक्ष प्रकाश पौडेलले बताए । ‘हामीले विद्यार्थी […]