पुलत्स्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा ः बानियाँ

विकल्प /म्याग्दी
मंसिर ६ गते । म्याग्दीको बेनी नगरपालीका ११ पछैमा रहेको पुलत्स्य, पुलह क्षेत्र विकास कोषको शनिबार आठौ अधिवेशन सम्पन्न भएको छ । अधिबेशनमा वोल्ने वक्ताहरुले पुलत्स्य क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

pulasharshm  अधिवेशनले लिलाबहादुर बानिया अध्यक्ष, रामबहादुर बानिया उपाध्यक्ष, माधवप्रसाद रेग्मी सचिव र रामचन्द्र पौडेल कोषाध्यक्ष रहनुभएको कोषको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा कर्णबहादुर बानिया, रुद्रबहादुर केसी, तेजप्रकाश बानिया, रामचन्द्र शर्मा, मुक्ति खड्का, धनबहादुर दर्जी, यादवप्रसाद पौडेल, टेकबहादुर बानिया र भिमबहादुर बानिया रहनुभएको छ ।

कोषका अध्यक्ष लिलाबहादुर बानियाको अध्यक्षता, तेजप्रकाश बानियाको सञ्चालन र साधारण सदस्य ज्ञानेन्द्र बानियाले मन्तब्य व्यक्त गर्नुभएको अधिवेशनले सचिव माधवप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।