गलेश्वरमा शान्ति ¥याली र सरसफाई

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर ५ गते । म्याग्दीको गलेश्वरमा शनिबार बिहान शान्ति ¥याली र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठकको अवसरमा ¥याली र सरसफाई गरिएको हो ।

SG_Myagdi Shanti Rally
समाजको म्याग्दी शाखा र गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयोजनमा भएको कार्यक्रममा बैठकमा सहभागि हुन आएका शान्ति समाजका केन्द्रिय पदाधीकारी, विभिन्न जिल्लाका प्रतिनिधि र स्थानीयबासीको सहभागिता रहेको थियो ।

Sarsafai

गलेश्वर शिवालय मन्दिर परिसरबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरि सार्वजनिक स्थानको फाहोर संकलन गरि विर्सजन गरिएको थियो ।

काठमाडौमा बाग्मती सफाई अभियानमा नियमित सहभागि हुदै आएको समाजले म्याग्दीमा पनि कालीगण्डकी नदीमा प्रदुषण नियन्त्रणका लागि सन्देश प्रवाह गराउन कार्यक्रम गरिएको जिल्ला शाखा सभापति मुक्ति ढुंगानाले बताउनुभयो ।