म्याग्दीको देविस्थानमा ४.१ को भूकम्प

DSC04226

विकल्प/म्याग्दी
मंसिर ६ गते । जिल्लाको पश्चिम देविस्थान गाविसलाई केन्द्र विन्दु बनाएर ४.१ को भूकम्प गएको छ । दिउँसो १२ बजेर ४१ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले सामान्य रुपमा झट्का दिएको स्थानीयवासी दिलवहादुर पुनले बताउनुभयो । पुनका अनुसार भूकम्पले गाउँमा कुनै क्षति भएको छैन ।

Myagdiभूकम्पको धक्का छिमेकी गाविस दरवाङमा पनि अनुभव गरिएको बताइएको छ । गएको बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको पराकम्प नरोकिएका बेला म्याग्दीमा भूकम्प गएको हो ।