मिलन म्याग्दीको अध्यक्षमा गर्बुजा

प्रताप बानियाँ /विकल्प
म्याग्दी, मंसिर ६ गते । मिलन म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पुनः जुना गर्बुजाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा शिव बानियाँ, सहसचिवमा दिलमाया बिटालु र कोषाध्यक्षमा कमला बानियाँ रहेका छन् ।

 

12274546_1061441483887668_717769928431200404_n
यसैगरी समितिको सदस्यहरुमा अमर बानियाँ, तेजबहादुर गुरुङ, खसिला गुरुङ, तिलकुमारी राना, गोरखबहादुर सार्की र बलराम गौतम चयन भएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले जानकारी दिएकी छिन् ।