बेनीमा जडिवुटी प्रयोग सम्बन्धी जानकारीमुलक कार्यक्रम

DSC03995
सन्तोष गौतम /विकल्प
म्याग्दी ६ मंसिर । म्याग्दीको बेनीमा आईतबार स्थानीय जडिवुटीको प्रयोगबारे चेतनामुलक कार्यक्रम गरिएको छ ।

म्याग्दीमा पाइने जडिवुटी र यसको प्रयोगका बारेमा जानकारी गराउने उद्देश्यले जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो । जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, वन प्राबिधिक, आर्युवेदीक स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा जडिवुटीको महत्व, प्रयोग गर्ने तरीकाको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले म्याग्दीमा पाईने जडिवुटी, उपचारमा प्रयोग गर्ने तरीका र कुन रोगका लागि कुन जडिवुटी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो । स्थानीय स्तरमा रहेका जडिवुटीको पहिचान गरी उपभोग गर्न सकेमा स्वस्थ्य रहन मद्दत पुग्नुका साथै औषधिमा देखिएको परनिर्भरता कम हुने उहाँको भनाई थियो ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश शर्मा भुषालको अध्यक्षता, आर्युवेद सहायक चन्द्रप्रसाद सापकोटाको स्वागत र प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको धौलागिरी टेलिभिजनका प्रकाश पौडेलले सञ्चालन गर्नुभएको थियो ।