अनेरास्ववियू म्याग्दीको कालोबजारी नियन्त्रण अभियान

विकल्प/म्याग्दी
मंसिर ४ गते । अनेरास्ववियू म्याग्दीले भारतीय नाकाबन्दीलाई देखाउँदै भइरहेको कालोबजारी नियन्त्रणका लागि अभियान चलाउने भएको छ ।  12243195_1657857841138054_5709321025896422366_n

शुक्रबार विहान भएको बैठकले बजारमा इन्धन, खाद्य साम्रागी, भाडाका सवारीसाधन, खाद्यसाम्रागी लगाएतमा भइरहेको कालोबजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने त्यसैगरी गुनासो आएको क्षेत्रमा पुगेर नियन्त्रणमा पहल गर्ने अध्यक्ष प्रकाश पौडेलले  बताए । ‘हामीले विद्यार्थी देखी बजारसम्मलाई ध्यान दिएर अभियान चलाउँछौ ।

सबै मिलेर अगाडी बढ्नुपर्नेमा कालोबजारी गरेर कमाउनेलाई सचेत बनाउछौ’ उनले भने ।

 बैठकले इन्धन र ग्यासको अभावका कारण विद्यार्थीमा भइरहेको समस्यालाई मध्यनजर गरेर म्याग्दी क्याम्पसमा शुलभ मेस संचालन गर्ने, मंसिर ४ र ५ गते राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
   त्यस्तै मंसिर २५ र २६ गते हुने १० औ जिल्ला सम्मेलनलाई समेत भब्य बनाउने निर्णय गरिएको छ ।
  अनेरास्ववियुले विद्यार्थीको हित संगै जिल्लामा विभिन्न जनचेतनामुलक, शैक्षिक तथा आवश्यक क्षेत्रमा सहयोग जुटाउने गरेको छ ।आर्थिक अभाव भएकालाई सहयोग जुटाएर एउटा राजनीतिक दल नभई परोपकारी यात्रामा समेत अगाडी बढिरहेको छ ।