ब्रेनट्युमर पीडित विश्वकर्मालाई हङकङबाट सहयोग

प्रताप बानियाँ /विकल्प

म्याग्दी, मंसिर ४ गते । म्याग्दीको कुहुँ १ पूर्णगाउँका ब्रेनटियुमर पीडित नियुसन विश्वकर्मालाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । बराङ्जा ८ स्थायी घर भई हाल हङकङमा रहेकी जालमाया रोकाको पहलमा सङ्कलित नगद एकलाख ३० हजार ६०० रुपैयाँ लाल युवा क्लबको आयोजनामा बिहीबार पीडित विश्वकर्माको आमा यामकुमारी विश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।

DSC03900
उक्त रकम स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल, मोना हङकङका अध्यक्ष ईन्द्रएलजी थापा मगर , गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेललगायत संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै स्थानीय विकास अधिकारी पौडेलले प्रवासी म्याग्देलीले गरेको सहयोग सराह्रनीय रहेकाले आगामी दिनमा पनि पीडितहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
मोना हङकङका अध्यक्ष एलजी मगरले मोना हङकङको संयोजनमा ७५ जना प्रवासीहरुमार्फत रकम सङ्कलन गरी पीडितलाई सहयोग गरिएको बताउनुभएको थियो । विगत ६ महिनादेखि ब्रेनटियुमरबाट पीडित विश्वकर्मा हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
कार्यक्रमको बारेमा क्लबका अध्यक्ष टेकबहादुर राम्जालीले जानकारी गराउनुभएको थियो भने सञ्चालन सचिव सागर सुवेदीले गर्नुभएको थियो ।