समाचार

मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं– पुस १२,    मन्त्रिपरिषद् विस्तार विरुद्धमा सर्वोच्च आदालमा रिट दायर गरिएको छ । अधिवक्ताहरु रोशनकुमार झा, प्रभुचन्द्र झा र डिल्ली प्रसाद न्यौपाने आईतबार संयुक्त रुपमा रिट दायर गरेका हुन् । प्रशासन सुधार आयोग २०४८, सार्वजनिक खर्च पुनरावलोकन आयोग २०५७ सहित विभीन्न अध्ययनले मन्त्रालय संख्या घटाएर १८ वटामा सिमित राख्न सुझाव दिएपनि त्यसलाई वेवास्ता गर्दै […]

अपाङ्गता सम्बन्धि रणनीती योजना कार्यक्रम

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १२ गते । अपाङ्गता सम्बन्धि जिल्ला स्तरीय रणनीती योजना तर्जुमा कार्यक्रम आईतबार बेनीमा सम्पन्न भएको छ । पलान ईन्टरनेशनल नेपालको सहयोगमा अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा म्याग्दीका अपाङ्गता भएका नागरीकहरुको अवस्था र उनिहरुको उत्थानका लागि गर्न सकिने कामहरुको विषयमा छलफल भएको थियो । सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय र राजनितिक दलका […]

ओली सरकारलाई संविधानको बर्खिलाप गर्ने अधिकार छैन ः नेता खड्का

विकल्प न्यूज /म्याग्दी पुस,११ गते । बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले नयाँ संविधानलाई मिचेर अनैतिक कार्य गरेको नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ । नयाँ संविधान कार्यान्वयन गरेर जानुका सट्टा प्रधानमन्त्री ओलीले संविधानकै खिल्ली उडाउने गरी मन्त्रीहरुको लर्को लाएर गाइजात्रा प्रदर्शन गरेको नेता खड्काले आरोप लगाउनुभएको छ । मुलुक कठिन अवस्थाबाट […]

संविधान कार्यान्वयन गरौँः काग्रेस कार्यकर्ता

विकल्प /म्याग्दी पुस ११ गते । नेपाली काँग्रेसका शिख र घारका कार्यकर्ताले संविधानको दिगो कार्यान्वयनमा लाग्न नेतृत्वलाई सुझाब दिएका छन् । पार्टीको नेतृत्वमा जारी भएको संविधानले सबै वर्ग, समुदाय र क्षेत्रलाई समान तरिकाले अधिकार सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयन बिना अधिकारको उपभोग संभव नभएको उनीहरुको बुझाई छ । नेपाली काँग्रेस म्याग्दीले संविधान बुझाउन सुरु गरेको […]

बरंजाका झलकको ‘चौबन्दी चोली’

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ११ गते । म्याग्दीको बरंजा ५ ढुङसाङका झलक पुनले सांगितीक यात्रा सुरु गरेका छन् । २२ वर्षिय पुनले आफ्नो गित एल्बम ‘सत’को पहिलो गित चौबन्दी चोली सार्वजनीक गरेका हुन् । लेखु सहयात्रीको शब्द रहेको गितमा स्वर दिएका पुनले एल्बमका अन्य गितहरु पनि रेडर्क गरेर बजारमा ल्याउने तयारी गरेको बताएका छन् । झलकले […]

जनताको आगनमा काँग्रेस अभियान भुरुङ तातोपानीमा

विकल्प/म्याग्दी पुस १० गते । जनताको आगनमा काँग्रेस अभियान अन्तरगत शुक्रबार भुरुङ तातोपानीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नयाँ संबिधानको बिशेषताको बारेमा गाउँका नेता कार्यकर्तालाई बुझाउन नेपाली काँग्रेस म्याग्दीले सञ्चालन गरेको अभियान अन्तरगत कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्र खड्काले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको […]

भुरुङ–तातोपानीमा संबिधान सम्बन्धि अनुशिक्षण कार्यक्रम

विकल्प/म्याग्दी पुस १० गते । उत्तरी म्याग्दीको भुरुङ–तातोपानीमा शुक्रबार नेपालको संबिधान २०७२ सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नयाँ संबिधानको बिशेषताको बारेमा गाउँ स्तरमा जानकारी गराउने उद्देश्यले स्थानीय शान्ति समिति म्याग्दीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संबिधानमा भएका नयाँ ब्यवस्थाका साथै संघिय संरचना, शाषकीय स्वरुप लगायतका विषयमा जानकारी गराइएको थियो । गाउँ तहसम्म […]

जिल्लाको प्रचार गर्न गोरखा च्यानल युकेका पत्रकार म्याग्दीमा

विकल्प/म्याग्दी पुस १० गते । गोरखा च्यानल युकेका पत्रकारहरुलाई म्याग्दीको बेनीमा स्वागत गरिएको छ । शुक्रबार बेनी आइपुगेका पत्रकार सहितको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघले कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । जिल्लाको विकासका लागि संभाव्यताको अध्ययन गरी विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यका साथ गोरखा च्यानलका पत्रकारहरुको टोली म्याग्दीमा आएको हो । उनीहरुले आगमी दुइवर्ष सम्म […]

विपत्तिका बेलामा ओलीले मनपरी गर्दै मन्त्रिपरिषद् विस्तार . माओवादी

पुस ९, २०७२- सत्तासाझेदार एमाओवादीले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री निर्णयको विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा बिहीबार एमाओवादी स्थायी समिति बैठकले बरु आवश्यक परे मन्त्रालय घटाउन तयार हुनुपर्ने, तर विस्तार कुनै हालतमा गर्न नहुने निर्णय गरेको हो । स्थायी समितिले प्रधानमन्त्रीय प्रणालीका नाममा ओलीले मनपरी गर्दै गए मन्त्रिपरिषद्बाट फिर्ता हुन मन्त्रीहरूलाई निर्देशनसमेत दिएको […]

म्याग्दीको मराङलाई साक्षर गाविस घोषणा

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । म्याग्दीको मराङलाई बिहीबार साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ । मराङमा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत बासिन्दाले अंक, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा एक […]

राहतको चमलमा किरा पर्न थालेपछि वितरण गर्न सुरु

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ९ गते । म्याग्दीमा सात महिनादेखि थन्किएको राहत सामाग्री वितरण गर्न सुरु भएको छ । बैशाख १२ र २९ गतेको भुकम्प पीडित र बर्खा सिजनमा पहिरो पीडितहरुलाई वितरणका लागि रुपन्देहीको राहत भण्डारण गृहबाट गत जेठ महिनामा ल्याइएको राहत सामाग्री बिहीबारदेखि पीडितलाई वितरण गर्न थालीएको हो । समयमै वितरण हुन नसक्दा जिल्ला प्रशासन […]

काँग्रेसद्धारा दाना र नारच्याङमा संबिधान सम्बन्धि जानकारीमुलक कार्यक्रम

सन्तोष गौतम /विकल्प म्याग्दी,पुस ९ गते । नेपाली काँग्रेस म्याग्दीले जनताको आँगनमा काग्रेस अभियान अन्तरगत बिहीबार उत्तरी भेग दाना र नारच्याङ नयाँ संबिधानको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्र खड्काले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको नयाँ संबिधानले जनताको धेरै अधिकार सुनिश्चित गरेको […]

अखिल (क्रान्तिकारी)को म्याग्दी क्याम्पसमा संगठन विस्तार

विकल्प /म्याग्दी पुस ९ गते । अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दीले संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत बिहीबार म्याग्दी बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । व्यवस्थापन संकायको तृृतीय वर्षमा सन्दीप नीउरेको अध्यक्षतामा २१ सदस्ययीय कमीटि गठन गरेको हो । कमीटिको उपाध्यक्षमा शंकर शर्मा, सचिवमा सुस्मा पाईजा कोषाध्यक्षमा दिपा फगामी र सहसचिवमा झपेन्द्र पुन रहनुभएको छ । […]

म्याग्दीका मुस्लिम समुदायद्धारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

ठाकुरप्रसाद आचार्य/विकल्प पुस ९ गते । म्याग्दीका मुस्लिम समुदायले जिल्ला अस्पताल म्याग्दीका विरामीहरुलाई विहिवार फलफूल वितरण गरेका छन् । पैगम्बर मोहम्मदको १४७७ औं जन्म दिनका अवसरमा म्याग्दी मस्लिम समाज सेवा समितिद्धारा अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेका हुन । मानवको सेवा गर्नु नै पैगम्बर मोहम्मदको आर्दश भएकाले उहाँको जन्मदिन पारेर अस्पतालमा भर्ना भएका विरामीहरुलाई […]

जाडोमा हुने ४ प्रमुख स्वास्थ्य समस्या र जोगिने उपाय

विकल्प /म्याग्दी पुस,९ गते । जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्छ । जाडो मौसममा हुने मुख्य ४ स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यस्ता छन्ः दम जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुन्छ । चिसो हावा, धुलो धुवाँ आदिका […]