काँग्रेसद्धारा दाना र नारच्याङमा संबिधान सम्बन्धि जानकारीमुलक कार्यक्रम

सन्तोष गौतम /विकल्प
म्याग्दी,पुस ९ गते ।
नेपाली काँग्रेस म्याग्दीले जनताको आँगनमा काग्रेस अभियान अन्तरगत बिहीबार उत्तरी भेग दाना र नारच्याङ नयाँ संबिधानको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्र खड्काले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको नयाँ संबिधानले जनताको धेरै अधिकार सुनिश्चित गरेको बताउनुभयो ।

Nc

कार्यक्रममा खड्काका साथै नेपाली काँग्रेसका महासमिती सदस्य नेत्रबहादुर महत, तरुण दलका कोषाध्यक्ष सोम हुमेन, युवा नेता बिक्रम बोगटी लगायतले नयाँ संबिधानको बिशेषताको बारेमा स्थानीय कार्यकर्ताहरुलाई जानकारी गराउनुभएको थियो ।

दानामा गाउँ कार्यसमिति सभापति बेलबहादुर पुर्जाको अध्यक्षता, डिलबहादुर पुर्जाको स्वागत र टुकमान गर्बुजाको मन्तब्यमा कार्यक्रममा सम्पन्न भएको थियो । यसैगरी नारच्याङमा पनि कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको युवा नेता बोगटीले जानकारी दिनुभयो ।