अखिल (क्रान्तिकारी)को म्याग्दी क्याम्पसमा संगठन विस्तार

विकल्प /म्याग्दी
पुस ९ गते ।
अनेरास्ववीयू (क्रान्तिकारी) म्याग्दीले संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत बिहीबार म्याग्दी बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ ।

व्यवस्थापन संकायको तृृतीय वर्षमा सन्दीप नीउरेको अध्यक्षतामा २१ सदस्ययीय कमीटि गठन गरेको हो । कमीटिको उपाध्यक्षमा शंकर शर्मा, सचिवमा सुस्मा पाईजा कोषाध्यक्षमा दिपा फगामी र सहसचिवमा झपेन्द्र पुन रहनुभएको छ ।Krantkari त्यस्तै सदस्यहरुमा सम्झना बानियाँ, शर्मीला रोका, अस्मीता आचार्य, सन्दीपा पौडेल, सुनीता पौडेल, अनीता शर्मा, पार्वती थापा, रेमश खत्री, सेनाज वेगम, समीता वेगम, प्रतिभा उपाध्याय, जगदीश सुवेदी, लक्ष्मी आचार्य, सारदा ढूङगाना, रसीला बस्नेत र शोभा विक रहेका छन् ।

कार्यक्रममा बोल्दै अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य कुशल पौडेलले भारतले लगाएको नाकाबन्दीका कारण सबै भन्दा धेरै विद्यार्थी प्रभावित भएको भन्दै सबै मिलेर सामना गर्नु पर्ने बताउनुभयो ।

अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीका संयोजक सुदीन पौडेलले अनेरास्ववीयू (क्रान्तिकारी) सधै विद्यार्थीको एजेन्डामा रहेर आन्दोलन गरेको भन्दै सधै विद्यार्थीका हक र हितका लागि लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववीयू क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष यामनाथ पौडेल, गणेश शर्मा, धिरन खत्री लगायतको उपस्थित रहेको थियो । सन्दीप नीउरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेशम केसीले गर्नुभएको थियो । सन्तोष गौतम