म्याग्दीका मुस्लिम समुदायद्धारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

ठाकुरप्रसाद आचार्य/विकल्प DSC07715
पुस ९ गते । म्याग्दीका मुस्लिम समुदायले जिल्ला अस्पताल म्याग्दीका विरामीहरुलाई विहिवार फलफूल वितरण गरेका छन् ।12391283_1048157425226791_972883339865132039_n
पैगम्बर मोहम्मदको १४७७ औं जन्म दिनका अवसरमा म्याग्दी मस्लिम समाज सेवा समितिद्धारा अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेका हुन ।

DSC07713
मानवको सेवा गर्नु नै पैगम्बर मोहम्मदको आर्दश भएकाले उहाँको जन्मदिन पारेर अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिएको मुस्लिम समाज सेवा समितिका सदस्य अन्जित खाँनले बताउनुभयो । उहाँले म्याग्दीका मस्लिम समुदायको सामाजिक कार्य पहिलो भएको बताउँदै अवका दिनहरुमा सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

 

DSC07717
फलफूल कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसी, बेनीका मुस्लिम समुदायका सदस्य लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।