जिल्लाको प्रचार गर्न गोरखा च्यानल युकेका पत्रकार म्याग्दीमा

विकल्प/म्याग्दी
पुस १० गते । गोरखा च्यानल युकेका पत्रकारहरुलाई म्याग्दीको बेनीमा स्वागत गरिएको छ । शुक्रबार बेनी आइपुगेका पत्रकार सहितको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघले कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

DSC07737
जिल्लाको विकासका लागि संभाव्यताको अध्ययन गरी विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यका साथ गोरखा च्यानलका पत्रकारहरुको टोली म्याग्दीमा आएको हो । उनीहरुले आगमी दुइवर्ष सम्म जिल्लाको पर्यटन विकास र लगानीका सम्बन्धमा संभाव्यताको अध्ययन गरी च्यानल मार्फत विश्वभर प्रचारप्रसार गरिने गोरखा च्यानलका पत्रकार राजेन्द्र भट्टले बताउनुभयो ।

DSC07730
पत्रकारहरुको टोलीलाई स्वागत गर्दै उवासंघका कार्यवाहक अध्यक्ष उत्तम कर्मचार्यले गोरखा च्यानल मार्फत यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रशस्त पर्यटकीय संभावना भएर पनि प्रचारप्रसारको कमिले म्याग्दी पर्यटन विकासमा पछि परेको बताउँदै गोरखा च्यानलको अभियानलाई उवासंघको साथ रहने बताउनुभयो ।

DSC07734
म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसिसिले)को आर्थिक सहयोगमा गोरखा च्यानले जिल्लाको पर्यटन र जलविद्युत लगायत क्षेत्रहरुको भिडियो छायांकन गरी च्यानल मार्फत विश्वभर पु¥याउने कार्यक्रम रहेको उवासंघका महासचिव राजेश शाक्यले बताउनुभयो ।

DSC07727

 

स्वागत कार्यक्रममा उवासंघका द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठ,पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी र धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर वानियाँले म्याग्दीको विकासका लागि संभाव्यतावारे विश्वभर प्रचारप्रसार गर्ने गोरखा च्यानलको अभियानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गोरखा च्यानलका पत्रकार सहितको टोली आजै म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा पुग्ने कार्यक्रम रहेको छ । टोलीले यसपटक टेड्के लगायत तातोपानी कुण्ड र रुप्से झरनाको छायांकन गर्ने गोरखा च्यानलका पत्रकार राजेन्द्र भट्टले जानकारी दिनुभएको छ ।