ओली सरकारलाई संविधानको बर्खिलाप गर्ने अधिकार छैन ः नेता खड्का

विकल्प न्यूज /म्याग्दी
पुस,११ गते । बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले नयाँ संविधानलाई मिचेर अनैतिक कार्य गरेको नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ । नयाँ संविधान कार्यान्वयन गरेर जानुका सट्टा प्रधानमन्त्री ओलीले संविधानकै खिल्ली उडाउने गरी मन्त्रीहरुको लर्को लाएर गाइजात्रा प्रदर्शन गरेको नेता खड्काले आरोप लगाउनुभएको छ ।

DSC07740
मुलुक कठिन अवस्थाबाट गुज्रीएको समयमा जनतालाई राहत दिनुका सटा् सत्ताको आयु लम्बाउने नाममा संविधानमा भएका कानुनी व्यवस्थाहरुलाई मिच्ने काम बर्तमान सरकारबाट भएको नेता खड्काले बताउनुभयो । नेता खड्काले ओली सरकारले देशको समस्या समाधान गर्न कुनै पहल नगरेको आरोप लगाउनुभएको छ ।
जनता दुःख र पीडामा भएको अवस्थामा संविधान विपरित जानु राजनैतिक रुपमा अनैतिक कार्य भएको खड्काले बताउनुभयो । खड्काले भन्नुभयो,‘अनैतिक कार्य गर्ने वर्तमान सरकार आफैमा अस्थिरताको जगमा रहेको छ ।’
नेपाली काँग्रेस म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खड्काले बर्तमान सरकारको ढोङगी राष्ट्रबादको पीडामा नेपाली जनता परेको बताउनुभएको छ । उहाँले राष्ट्रबादको नयाँ तरिकाले परिभाषित गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रबादका नाममा व्यक्तिगत स्वार्थ पुरा गर्ने धन्दा अव बन्द गरिनुपर्ने बताउँदै नेता खड्काले वृहत राष्ट्रिय एकताको तागतले मात्र भारत सँग वार्ता गरिनुपर्नेमा जोड दिनुभयो ।

DSC07749
संविधानको कार्यन्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाली काँग्रेसको भएकाले एकतावद्ध भएर जनतामा जान कार्यकर्तालाई नेता खड्काले निर्देशन दिनुभएको छ । नेता खड्काले नेपालीहरुलाई नाकाबन्दी गरेर भारतले अशली चरित्र देखाएको बताउनुभयो । उहाँले काँग्रेसकै अगुवाइमा नाकाबन्दी लगायत देशका समग्र समस्याहरु समाधान हुने दावी गर्नुभयो ।
मुलुकको हितका लागि प्रमुख दलहरुका विच केही समय एकता आवश्यक रहेको बताउँदै नेता खड्काले भन्नुभयो, ‘दलहरुका विच फाटो आउँदा संविधान कार्यन्वयनमा समस्या आउने छ ।’
संविधान निर्माण पछि प्रधानमन्त्री चुनाबमा सभापती शुसिल कोईरालाले उम्मेदवारी दिनु मुलुकका लागि धोका भएको बताउँर्दै उहाँले नैतिकताका आधारमा आफूले पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएको बताउनुभएको छ । पार्टीको संस्थागत निर्णय विना प्रधानमन्त्रीको उम्मेदवारी दिनु पार्टी हित विपरित भएको नेता खड्काले बताउनुभयो ।
नेपालको लोकतान्त्रिक संविधानलाई जनताको घरघरमा काँग्रेस जनहरुले शिर उच्च पारेर पु¥याउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सांसद रेशम वहादुर वानियाँ लगायत जिल्लस्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।