जनताको आगनमा काँग्रेस अभियान भुरुङ तातोपानीमा

विकल्प/म्याग्दी
पुस १० गते ।
जनताको आगनमा काँग्रेस अभियान अन्तरगत शुक्रबार भुरुङ तातोपानीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ संबिधानको बिशेषताको बारेमा गाउँका नेता कार्यकर्तालाई बुझाउन नेपाली काँग्रेस म्याग्दीले सञ्चालन गरेको अभियान अन्तरगत कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्र खड्काले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संबिधान लोकतान्त्रीक र उत्कृष्ट भएकाले कार्यान्वयनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस भुरुङ तातोपानी गाउँ कार्यसमिति सभापति अनिल हिराचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानका संयोजक महासमिति सदस्य नेत्र महत, पुर्व जिल्ला सदस्य पुर्णप्रसाद तुलाचन, तरुण दल म्याग्दीका कोषाध्यक्ष सोम हुमेनले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिक्रम बोगटीले गर्नुभएको थियो । सन्तोष गौतम