ताजा समाचार:
Search

समाचार

म्याग्दीमा नयाँ साहित्य प्रतिष्ठानको उदय

विकल्प न्यूज/बेनी असार १८ गते । शनिबार एक कार्यक्रम को बिच म्याग्दीको साहित्य लाई उचाईमा पुर्‍याउनको लागि हातेमालो साहित्य प्रतिष्ठान गठन गरियको छ। प्रतिष्ठान को अध्यक्ष मा बादल शाही उपाध्यक्ष मा जीवन कार्की अथक सचिबमा दर्पण रोका स सचिबमा प्रमिला बरुवाल कोषाध्यक्षमा बबि बिस्वकर्मा स कोषाध्यक्षमा दिनेश फगामी र सदस्यहरुमा बिकाश फगामी मौसम फगामी शिव […]

९४ औ अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा दिदी बहिनी सहकारीद्धारा मुठ्ठीदान

विकल्प न्यूज/बेनी म्याग्दी,असार १८ गते । ९४ औं अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले बाढीपहिरो पीडित र दृष्टीवहिनलाई सहयोग गरेको छ । शनिबार सहकारीको कार्यालयमा कार्यक्रमको आयोजना गरेर बेनपा ५ डम्बराकी बाढीपहिरो पीडित डिल कुमारी खत्री र बेनपा १० तोरीपानी निवासी हाल म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत दृष्टीविहिन गोपाल […]

लैङगिक समानता तथा सामाजिक समावेशीकरण बजेट तर्जुमा सम्बन्धी प्रशिक्षण सुरु

विकल्प न्यूज/बेनी असार १७ गते । लैङगिक समानता तथा सामाजिक समावेशीकरण तथा लैङगिक उत्तरदायि बजेट तर्जुमा एवम परिक्षण विषयक दुइदिने प्रशिक्षण शुक्रबार देखि बेनीमा सुरु भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय विकास प्रशिक्षण प्रतिस्ठान र नगर विकास प्रशिक्षण केन्द्र पोखराको आयोजनामा दुइ दिने प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणमा स्थानीय […]

व्यस्त छन् धाइरिङका परीश्रमी किसान हेर्नुहोस १० तस्विर

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पर्वत,धाइरिङ असार १७ गते । पर्वत जिल्लामै ताजा तरकारी उत्पादनमा पकेट क्षेत्रका रुपमा मानिएको धाइरिङ गाउँ पछिल्ला एक दशक यता विउ उत्पादनमा पनि नाम कमाउन थालेको छ । यति खेर धाइरिङ सल्यान,बास्बोट,र मिलनचोकका कृषकहरु गोलभेडा र काक्रोको विउ निकाल्न व्यस्त छन् । पक्तिकातार गत हप्ता धाइरिङ सल्यान गाउँमा पुग्दा समथर मिलेको सल्यानको […]

क्याम्पस चोकमा फेरि बाढी आउन थाल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असार । बर्खा यामको सुरुवातसंग बाढी, पहिरो र कटानको समस्या बढ्न थालेपछि म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला विपद् ब्यवस्थापन समिति, प्रहरी, प्रशासनले विपद् ब्यवस्थापन र क्षत्ती न्युनीकरणका लागि पुर्व तयारी गरेका हुन् । जोखिमयुक्त ठाउँको पहिचान गरि समुदायलाई सर्तक रहनु अनुरोध गर्नुका साथै उद्धार र राहतका लागि पुर्व […]

गाउँपालिका बनाउन धाईरिङ्गमा नेपालकै पहिलो भेला सम्पन्न

गोपाल जिसी/विकल्प न्यूज पर्वत, १६ असार । पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ अन्र्तगतका धाईरिङ्ग, माझफाँट, लेकफाँट, सालिजा, वनौ, बाँसखर्क र नाग्लीवाङ गाविसलाई गाउँपालिका बनाउन विहिवार पर्वत धाईरिङको मिलनचोकमा नेपालकै पहिलो पटक सर्वपक्षिय भेला सम्पन्न भएको छ । उक्त भेलामा स्थानीय राजनीतिक दलहरु, वुद्धिजीवि, व्यापारी, पेशागत व्यावसायि, महिला, दलित, जनजाती तथा बहुसरोकारवालाहरु गरी चारसय भन्दा […]

बाबियाचौरका कृषकले आलोपालो गरेर सिँचाई गर्नुपर्ने समस्या हट्यो

विकल्प न्यूज/बेनी म्याग्दी,असार १६ गते । विगतका वर्षमा पानीका लागि पालो पर्खदा असार महिनाको अन्त्यतिर धान रोप्ने म्याग्दीको बाबियाचौर ८ का जिवन कार्कीले यसपाली तिन हप्ता अघिनै रोपाई सक्नुभयो । पानीको स्रोत कम हुँदा पालो कुर्दा समयमै धान रोपाई र सिचाई गर्न नपाउने कार्की जस्तै रणवाङका कृषकहरु यस वर्ष असार पहिलो हप्तादेखिनै रोपाईमा व्यस्त छन् […]

सुध्रिन नसकेको विद्यालय

सन्तोष गौतम/विकल्प न्यूज रुम(म्याग्दी)असार १६ गते । सरोकारवालाको बेवास्ता र आन्तरिक समन्वयको कमीले यहाँको एक सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बनेको छ । अभिभावक तथा स्थानीय अगुवाले चासो नदिनु, शिक्षकको जागीरे मानसिकता, कक्षा कोठामा नियमित उपस्थित नहुने, बिचैमा कक्षा छाड्ने विद्यार्थी, प्रशासन र व्यवस्थापन समितिको समन्वयको कमीका कारण रुम गाविस ४ मा रहेको राष्ट्रिय माविको […]

संरक्षणकर्मी कार्की पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ असार । वन संरक्षणमा योगदान पु¥याएवापत बुधबार म्याग्दीमा एक जना संरक्षणकर्मीलाई पुरस्कृत गरिएको छ । वन महोत्सव तथा वृक्षारोपण अभियानको सुरुवातका अवसरमा बेनी नगरपालिका ४ का चन्द्रबहादुर कार्कीलाई जिल्ला वन कार्यालयले नगद १२ हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र जिल्ला वन अधिकृत […]

नक्कली उपभोक्ता समितिका कारण पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ असार । उपभोक्ता समितिको लापरबाहीले म्याग्दीको पोखरेबगर–घार–शिख सडक आयोजना अलपत्र परेको छ । घार र शिख गाविसलाई जोड्ने सडक मर्मत तथा सुधारका लागि प्राप्त भएको लाखौ रुपैया बजेट उपभोक्ता समितिको लापरबाही, बेवास्ता र ढिलासुस्तीका कारण फिर्ता हुने अवस्थामा पुगेको छ । जिविसले चालु आर्थिक वर्षमा तिस लाख रुपैया बजेट उपलब्ध […]

यसरी मनाइयो म्याग्दीमा १३ औ धान दिवस(फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ असार । म्याग्दी जिल्लामा मध्य असारसम्म बिस प्रतिशत रोपाई भएको छ । तिन हजार नौ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने म्याग्दीमा हालसम्म बिस प्रतिशत खेतमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।       सिचाई सुबिधा भएको र उच्च पहाडी क्षेत्रमा धान रोपाई भैसकेको छ । कम सिचाई सुबिधा […]

महिलालाई सिपमुलक तालीम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ असार । घरेलु तथा साना उद्योग विकास समितिले बेनी र आसपासका क्षेत्रका २४ जना महिलाहरुलाई विभिन्न सिपमुलक तालीम प्रदान गरेको छ । समितिद्धारा आयोजित तिन महिने ढाकाको खादा बुनाई, एक हप्ते ढाका बुनाई स्तरउन्नती र डेढ महिने ब्युटीसियन तालीमको मंगलबार बेनीमा एक औपचारीक कार्यक्रम गरि समापन गरिएको छ । ढाकाको […]

म्याग्दीमा साढे ६८ हजार जनाको तस्विर सहितको मतदाता नामावली दर्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ असार । म्याग्दी जिल्लाका साढे ६८ हजार जनाले तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हालसम्म ३७ हजार ८११ जना पुरुष र ३० हजार ८५२ जना महिला मतदाताले तस्विर सहितको नामावली दर्ता गरेको जानकारी गराइएको हो । जिल्ला निर्वाचन अधिकृत […]

फर्सेधाईरीङ मावीमा छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी पर्वत,धाइरिङ असार १० गते । पर्वतको धाईरीङमा रहेको फर्सेधाईरीङ मावीमा बिहीबार एसएलसीमा सहभागी विद्यार्थीलाई बिदाई, छात्रवृत्ती र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खिमप्रसाद पौडेलको अध्यक्षता र शिक्षक बिनोद तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एसएलसी परिक्षामा सहभागी २८ जना बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै बिदाई गरिएको थियो । सोही […]

विकास योजनालाई दिगो, जनसहभागितामुलक र पारदर्शी बनाउन जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ असार । म्याग्दीका सरोकारवालाहरुले स्थानीय निकाय मार्फत सञ्चालन हुने विकास योजना तथा कार्यक्रमलाई दिगो, जनसहभागितामुलक र पारदर्शी बनाउनुपर्ने बताएका छन् । गैरसरकारी संस्था संगम म्याग्दीले सञ्चालन गरेको स्थानीय निकायको कानुनी तथा नितीगत ब्यवस्था पालना अनुगमन कार्यक्रमले बिहीबार बेनीमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले विकास योजनामा पारदर्शीता र शुषासन कायम गर्नुपर्नेमा जोड […]