९४ औ अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा दिदी बहिनी सहकारीद्धारा मुठ्ठीदान

विकल्प न्यूज/बेनी
म्याग्दी,असार १८ गते ।
९४ औं अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले बाढीपहिरो पीडित र दृष्टीवहिनलाई सहयोग गरेको छ ।
शनिबार सहकारीको कार्यालयमा कार्यक्रमको आयोजना गरेर बेनपा ५ डम्बराकी बाढीपहिरो पीडित डिल कुमारी खत्री र बेनपा १० तोरीपानी निवासी हाल म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत दृष्टीविहिन गोपाल खत्रीलाई साहयक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले सहयोग हस्तान्तरण गर्नुभएको हो । help 1
पहिरो पीडित खत्रीलाई सहकारीले मुष्ठीदानबाट जम्मा गरेको १२ पाथी चामल,६ केजी नुन,५ केजी दाल,५ केजी आलु,चारसय ग्राम चियपत्ती,६ केजी चिनी,१० लिटर तेल,६ पोका भूजा र २ पोका चिउरा सहयोग गरिएको सहकारीकी अध्यक्ष जमुना आचार्यले बताउनुभयो । त्यस्तै आर्थिक अवस्था कमजोर भएका दृष्टीविहिन गोपाल खत्रीको शैक्षिक विकासका लागि पाचहजार पाँचसय ५५ रुपियाँ नगद हस्तान्तरण गरिएको छ । help
कार्यक्रममा प्रमुख अतिथि साहयक प्रमुख जिल्ला अधिकारी आचार्यले सहकारीहरु सेवाको भावनाबाट अगाडी वढ्नुपर्ने बताउनुभयो । उहाँले म्याग्दीका महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी सहकारी नमुना सहकारी भएको बताउँदै यसबाट अन्य सहकारीहरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।
सहकारीकी अध्यक्ष जमुना आचार्यको अध्यक्षता,सञ्चालन संस्थाकी सचिव विष्णुप्रसाद सापकोटा र स्वागत संस्थाकी उपाध्यक्ष ज्योती लामीछानेले गरेको कार्यक्रममा सहकारी डिभिजन कार्यालय बागलुङका सहकारी निरिक्षक दिलवहादुर केसी,गैसस महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल र दृष्टीविहिन गोपाल खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।