यसरी मनाइयो म्याग्दीमा १३ औ धान दिवस(फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ असार ।
म्याग्दी जिल्लामा मध्य असारसम्म बिस प्रतिशत रोपाई भएको छ । तिन हजार नौ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने म्याग्दीमा हालसम्म बिस प्रतिशत खेतमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । DSC01247      सिचाई सुबिधा भएको र उच्च पहाडी क्षेत्रमा धान रोपाई भैसकेको छ । कम सिचाई सुबिधा भएको तटीय क्षेत्रमा रोपाई सुरु भएको छ । कृषि विकास कार्यालयका अनुसार धान खेती हुने आठ प्रतिशत खेतमा नियमित व्यवस्थित सिचाई सुबिधा उपलब्ध छ ।
DSC01212म्याग्दीमा छेमरोङ, खुमल ४, मार्सी, ताकमारे, भट्टे, माछापुच्छ्रे, अन्नपूर्ण ३, लुम्ले दुई लगायत उन्नत जातको धान खेती हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । यसैगरी पहँेले, जर्नेली, गौरी, गुडुरा जातका स्थानीय जातको पनि धान खेती हुने गरेको छ । DSC01210 भिरालो बारी र सुख्खा पाखोमा पनि लगाउन सकिने घैया जातको धान भने लोप हुने अवस्थामा पुगेको छ । कृषकले सुरक्षित रुपमा विउ भण्डारण र छनौट गर्न नसक्दा स्थानीय जातका धानमा रोगको समस्या बढेको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो ।
DSC01219  म्याग्दीमा वार्षिक १२ हजार मेट्रिक्टन धान उत्पादन हुने गरेको छ । मौसमले साथ दिने र समयमा रोपाई गर्न सकेमा उत्पादन बढ्ने कृषी प्राबिधिकहरुको भनाई छ । पुलाचौर, बाबियाचौर, ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिंगा, घतान, पात्लेखेत, पिप्ले, भगवती, ताकम, देविस्थान लगायतका गाविस धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
DSC01207यसैबीच म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरेर १३ औ राष्ट्रिय धान दिवस मनाइएको छ । जिविस र महारानी कृषक समूहको सहयोगमा जिल्ला कृषि विकास कार्यालयले बेनपा ११ पुलाचौरको कुँडुलेमा धान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।
जिल्ला स्थित कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधि, कृषि प्राबिधिक, विभिन्न संघ संस्थाका प्रतिनिधि र कृषकहरुले सामुहिक धान रोपाई गरेर दिवस मनाइएको हो । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । यस वर्ष धान दिवसको नारा ‘व्यवसायकि धान खेतीको आधार, सामुदायीक नर्सरीको विस्तार’ भन्ने रहेको थियो ।
DSC01200महारानी कृषक समूहका अध्यक्ष गिरेन्द्र बानियाको अध्यक्षता र ओमबहादुर बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत रिजालले धान दिवसको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

असारलाई कृषकहरुले मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिने गरेका छन् । म्याग्दीका कृषकहरु हिजोआज धान र कोदो रोपाईमा व्यस्त छन् । असार पन्ध्रका दिन दहि चिउरा खाएर मनाउने चलन पनि रहेको छ ।