विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।

यात्रुलाई अभद्र व्यवहार गर्ने माइक्रो बस ।
काठमाण्डौं देखि बेनी चल्ने एक माइक्रो बसले यात्रुमाथि अभद्र व्यवहार गरेको छ । बागलुङ कालिका भगवति यातयात प्रा.लिद्धारा संचालित बा.३ ख ७३१२ नम्बरको माइक्रो बसका चालकले सो माइक्रोमा सवार यात्रुमाथि अभद्र व्यवहार गरेका हुन ।
शनिबार बिहान ६ बजे काठमाण्डौंबाट बेनीका लागि टिकट काटेर चढेका यात्रुहरुलाई पर्वतको मालढुङ्गा र बागलुङ बजारमा चालकले अभद्र व्यवहार गरेका हुन ।
एकजना यात्रुले चालकले गरेको अभद्र व्यवहारका वारेमा विकल्प न्यूज सँग भन्नुभयो, ‘‘हामीहरु बेनीका लागि टिकट काटेर चढेका थियौं । बेनीका लागि टिकट काटेका ६ जना यात्रु थियौं । काठमाण्डौंमै माइक्रो बस काउन्टरले बेनी सम्म नै पुग्ने बताएको थियो । तर मालढुङ्गा आइपुगेपछि उक्त माइक्रो बसका चालकले हामीलाई धम्काउँदै यही झर्नुहोस् भन्यो । हामीले यहाँ झर्देनौं हामीलाई बेनी सम्म पु¥याइदिनुहोस । त्यसपछि उक्त माइक्रो चालकले बसलाई बागलुङ्ग तर्फ लगे । बागलुङ पुगेपछि ठूलो पानी परिरहेको थियो । चालकले तपाईहरु यहाँबाट अर्को गाडी खोजेर जानुहोस् म बेनी जान सक्दिन । पानी परिरहेको थियो । हामी झ¥यौं । त्यसपछि माइक्रोमा सवार एकजना यात्रुले जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा फोन मार्फत उजुरी गर्नुभयो । त्यसपछि उक्त चालक गाडी लिएर हामी भएको ठाउँमा आए । र चालकले किन प्रहरीमा उजुरी गरेको ? के खोजेको हो ? भन्दै यात्रु माथि अभद्र व्यवहार गरे । उक्त चालकले हातपात गर्न समेत खाजेका थिए । त्यसपछि उक्त चालकले रिसाउँदै यात्रु राखेर बेनी सम्म ल्याए ।’’ करिब आधा घण्टा जति चालक सँग यात्रुको भनाभन भएको थियो ।
चालकले पानी परेकाले गाडी जान नसक्ने भनेका थिए । तर त्यही जिपपार्कमा रहेका ट्याक्सीले बाटो राम्रो भएको र गाडीले नलगे हामी लैजान्छौं भनेर भनेको ति यात्रुले बताए । उक्त माइक्रो बागलुङबाट हिड्दा पानी बन्द भइसकेको थियो र कहिँ कतै सडक बन्द भएको थिएन । सडकको अवस्था राम्रो थियो । गाडीहरु निर्वाद रुपमा सडकमा आवतजावत गरिरहेको ति यात्रुले बताए ।
आगामी दिनमा यात्रुमाथि यस्तो व्यवहार नदोरिनका लागि यात्रुलाई अभद्र व्यवहार गर्ने उक्त माइक्रो बसका चालकलाई कडा कारबाही गर्नुपर्ने ति यात्रुले विकल्प न्यूज सँग बताए ।
यात्रुमाथि अभद्र व्यवहार गर्ने उक्त माइक्रो बस चालकलाई कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय म्याग्दी हुँदै बागलुङ ट्राफिकलाई जानकारी गराइएको माइक्रो बसमा सवार यात्रुले बताएका छन् । साथै उक्त माइक्रो संचालन गर्ने यातायात प्रा.लिलाई समेत कारबाहीका लागि मौखिक रुपमा उजुरी गरिएको यात्रुहरुले बताएका छन् ।
नोट ः यात्रुले विकल्प न्यूजसँग आफ्नो नाम बताउन चाहेनन् । चालकको नाम समेत आफूलाई थाहा नभएको यात्रुको भनाई ।
उक्त माइक्रो बस र चालकका बारेमा यसअघि पनि हामीलाई यात्रुको गुनासो आउने गरेको थियो । सम्पादक