व्यस्त छन् धाइरिङका परीश्रमी किसान हेर्नुहोस १० तस्विर

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पर्वत,धाइरिङ असार १७ गते ।
पर्वत जिल्लामै ताजा तरकारी उत्पादनमा पकेट क्षेत्रका रुपमा मानिएको धाइरिङ गाउँ पछिल्ला एक दशक यता विउ उत्पादनमा पनि नाम कमाउन थालेको छ । यति खेर धाइरिङ सल्यान,बास्बोट,र मिलनचोकका कृषकहरु गोलभेडा र काक्रोको विउ निकाल्न व्यस्त छन् । पक्तिकातार गत हप्ता धाइरिङ सल्यान गाउँमा पुग्दा समथर मिलेको सल्यानको फाँटमा किसानहरु धमाधम विउ निकाल्न व्यस्त देखिन्थे । यस वर्ष मात्र गोलभेडा र काक्रोको विउ विक्रीबाट पचासलाख रुपियाँ गाउँमा भित्रिने अनुमान गरिएको सल्यानका अगुवा किसान एकनारायण पौडेलले बताउनुभयो । प्रर्याप्त सिँचाइ सुविधा भएको सल्यान गाउँका करिब एकसय किसानहरुले व्यवसायिक तरकारी खेती गरेका छन् । सल्यानको फाँट यतिखेर गोलभेडा र काक्रोले भरिएको छ ।

dhairing 6 dhairing 7 dhairing 8 dhairing 9 dhairing 11 dhairing dhairing 1 dhairing 3 dhairing 4 dhairing 5