विकल्प न्यूज/बेनी
पर्वत,धाइरिङ असार १० गते ।
पर्वतको धाईरीङमा रहेको फर्सेधाईरीङ मावीमा बिहीबार एसएलसीमा सहभागी विद्यार्थीलाई बिदाई, छात्रवृत्ती र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खिमप्रसाद पौडेलको अध्यक्षता र शिक्षक बिनोद तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एसएलसी परिक्षामा सहभागी २८ जना बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै बिदाई गरिएको थियो ।
सोही कार्यक्रममा सरस्वती स्मृती अक्षयकोष मार्फत गरिब एवं जेहेन्दार तिन जना छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कक्षा १० की सितल जिसी, कक्षा नौ की लिला पाईजा र कक्षा ५ की सन्ध्या पौडेललाई पाँच हजार नौ सय रुपैया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो ।
यसैगरी चक्रपाणी स्मृती अक्षयकोषमार्फत एसएलसी परिक्षामा विद्यालयमा प्रथम हुने छात्रातर्फ अनीता दर्जी र छात्रतर्फ अमृत रिजाललाई नगद दुई, दुई हजार रुपैया पुरस्कार उपलब्ध गराइएको थियो । शिक्षक रामजीप्रसाद आचार्यको स्वागतमा सम्पन्न भएको कार्यक्रममा निमित्त प्रअ लक्ष्मीप्रसाद आचार्य र सरस्वती स्मृती अक्षयकोषका संरक्षक जमुना आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।