संरक्षणकर्मी कार्की पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ असार ।
वन संरक्षणमा योगदान पु¥याएवापत बुधबार म्याग्दीमा एक जना संरक्षणकर्मीलाई पुरस्कृत गरिएको छ ।

वन महोत्सव तथा वृक्षारोपण अभियानको सुरुवातका अवसरमा बेनी नगरपालिका ४ का चन्द्रबहादुर कार्कीलाई जिल्ला वन कार्यालयले नगद १२ हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेको हो ।DSC01183

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले कार्कीलाई नगद पुरस्कार, सम्मानपत्र वितरण र खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
कार्कीले बेनी बजार र वरपरका सडक छेउछाउमा वृक्षारोपण, चौतारी निर्माण, वरपिपलका बिरुवा रोप्ने, नियमित रेखदेख र मलजल गरेर हुर्काउने गर्दै आउनुभएको छ । यसैबीच बुधबारदेखि म्याग्दीमा जिल्ला वन कार्यालय र भुसंरक्षण कार्यालयले वृक्षारोपण अभियान सुरु गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बिरुवा रोपेर अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवातका अवसरमा बेनी दरवाङ सडकको मंगलाघाटमा हालै कालोपत्रे गरिएको सडक, दरवाङ बसपार्कदेखि मंगलाघाट जाने बाटो र अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गण परिसरमा तिन सय वटा विभिन्न प्रजातीका बिरुवा रोपीएको छ ।DSC01181

वृक्षारोपण कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, कर्मचारी, वन प्राबिधिक, सामुदायिक वनका उपभोक्ता र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै प्रजिअ आचार्यले रुख, बिरुवा रोप्नेसंगै त्यसको संरक्षण गरेर हुर्काउने विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सहायक वन अधिकृत जयविक्रम मानन्धरले सञ्चालन, भुसंरक्षण अधिकृत दिवाकर पौडेलले स्वागत र जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले कार्यक्रमको समापन गर्नुभएको थियो । म्याग्दीमा यस वर्ष दुई लाख ५० हजार विभिन्न प्रजातीका बिरुवा रोपीने भएको छ । Chandra Bahadur Karki
जिल्ला वन कार्यालयले एक लाख १५ हजार, भुसंरक्षण कार्यालयले ७० हजार र वन समूहले ६० हजार बिरुवा उत्पादन गरेका छन् । सल्ला, राईखन्यु, निमारो, टिमुर, सिर्मू, श्रीखण्ड, राजवृक्ष, कल्की, कपुर, अम्रिसो, बास, कोईरालो लगायत प्रजातीका बिरुवा उत्पादन गरिएको हो ।

सामुदायीक वन उपभोक्ता समूह र स्थानीय बासिन्दाले नांगो पाखो, खेतबारी, खोल्सा आदी ठाउमा बिरुवा रोप्न सुरु गरेका छन् । पहिरो र भुक्षय नियन्त्रण, वातावरण संरक्षण तथा पशुको आहरा आपूर्तीका लागि वृक्षारोपण प्रभावकारी बनेको छ ।