ताजा समाचार:
Search

विकास योजनालाई दिगो, जनसहभागितामुलक र पारदर्शी बनाउन जोड

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ असार ।
म्याग्दीका सरोकारवालाहरुले स्थानीय निकाय मार्फत सञ्चालन हुने विकास योजना तथा कार्यक्रमलाई दिगो, जनसहभागितामुलक र पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
गैरसरकारी संस्था संगम म्याग्दीले सञ्चालन गरेको स्थानीय निकायको कानुनी तथा नितीगत ब्यवस्था पालना अनुगमन कार्यक्रमले बिहीबार बेनीमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले विकास योजनामा पारदर्शीता र शुषासन कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
जिल्ला स्थित राजनितिक दलका नेता, जिविस, नगरपालीकाका अधिकृत, कर्मचारी र गाविस सचिवका प्रतिनिधि सहभागी कार्यक्रममा म्याग्दीका स्थानीय निकायको सेवा प्रवाह तथा योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा नितीगत ब्यवस्था पालनाको अवस्था, समस्या र समाधानका उपायका विषयमा छलफल भएको थियो ।

संगम म्याग्दीका कार्यक्रम संयोजक सन्तोष ढुंगानाले उपभोक्ता समिति गठन गर्दा आमभेला कम हुने गरेको, शिक्षक, कर्मचारी र निर्णय गर्ने तहका नेताहरु उपभोक्ता समितिमा रहेको, उपभोक्ताहरुलाई तालीमको अभाव, लक्षीत बर्गको बजेट निजी स्रोतका शिक्षकलाई तलब खुवाउन प्रयोग भएको, लागत सर्वेक्षण बिनानै काम भएको, प्राबिधिक समयमै कार्यक्षेत्रमा नपुग्ने, अनुगमन समिति निश्क्रिया र औपचारीक तथा योजना पार्न सक्रिय हुने समुदायले कार्यान्वयनका क्रममा वेवास्ता गरेको पाइएको बताउनुभयो ।Babiachour Saramdan 1

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले मन्त्रालयले गरेका नितीगत ब्यवस्था पालना गर्नु सबैको दायीत्व भएको बताउँदै कमजोरी सुधार गरेर अघि बढ्न सरोकारवाला सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । विकास योजनालाई पारदर्शी, दिगो र जनसहभागीतामुलक बनाउन जिविसले सकारात्मक पहल पनि गरेको स्थानीय विकास अधिकारी पौडेलको भनाई थियो ।

नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, एमालेका सचिव बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर घिमीरे, जनमोर्चाका छवी, बिक, अखण्ड नेपाल पार्टीका डम्मरबहादुर बानीया र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले नितीगत ब्यवस्था पालना गर्न जिविस, नगरपालीका र गाविस कार्यालयले चासो देखाउनुपर्ने बताउनुभयो । उहाँहरुले निगीगत भन्दा पनि ब्यवहारीकता हेरेर काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय विकास अधिकारी पौडेलको अध्यक्षता, अनुगमन अधिकृत हिरा शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सन्तोष ढुंगानाले संस्थाको गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । संगम म्याग्दीले जिविस, नगरपालीका र २२ वटा गाविसमा स्थानीय निकायको नितीगत तथा कानुनी ब्यवस्था पालना अनुगमन कार्यक्रम सञ्चालन गरेको छ ।