गाउँपालिका बनाउन धाईरिङ्गमा नेपालकै पहिलो भेला सम्पन्न

गोपाल जिसी/विकल्प न्यूज
पर्वत, १६ असार ।
पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ अन्र्तगतका धाईरिङ्ग, माझफाँट, लेकफाँट, सालिजा, वनौ, बाँसखर्क र नाग्लीवाङ गाविसलाई गाउँपालिका बनाउन विहिवार पर्वत धाईरिङको मिलनचोकमा नेपालकै पहिलो पटक सर्वपक्षिय भेला सम्पन्न भएको छ ।
उक्त भेलामा स्थानीय राजनीतिक दलहरु, वुद्धिजीवि, व्यापारी, पेशागत व्यावसायि, महिला, दलित, जनजाती तथा बहुसरोकारवालाहरु गरी चारसय भन्दा बढीको सहभागिता रहेको थियो । milanchook

सर्वपक्षिय भेलाले उक्त गाविसको सदरमुकाम माझफाँट धाईरिङ्ग स्थित साविकको मिलनचोकलाई लुङ्गदी काली गाउँपालिकाको नामाकरण गरी मुख्य कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । भेलामा सातवटै गाविसमा अन्र्तक्रिया कार्यक्रम गर्ने गरी आवश्यक छलफलका लागि ११ सदस्यिय समिति गठन गरेको छ ।
समितिको संयोजकमा दुर्गा बहादुर दर्जी, सह–संयोजक रुद्रलाल उपाध्याय, सदस्यहर, भिष्म मल्ल, याम बहादुर कार्की, वेदनाथ आचार्य, जमुना आचार्य, टिका मल्ल, यज्ञ बहादुर थापा, विसमाया पुन, टुङ्गलाल आचार्य र चन्द्रबहादुर जिसी गरी ११ सदस्यिय समितिको गठन गरेको छ ।
संघीय गणतान्त्रीक नेपालको संविधान अनुसार नगरपालिका तथा गाउँपालिका बनाउने राज्यको नीति अनुरुप यहाँका प्रबुद्ध व्यक्तिहरुको सक्रियतामा सो भेला सम्पन्न भएको यज्ञ बहादुर थापाले बताए । तस्विर ठाकुरप्रसाद आचार्य