समाचार

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम निर्वाचित

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा लीलाराम गौतमलाई निर्वीरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा दण्डपाणी सापकोटा,सचिव दण्डपाणी पराजुली,कोषध्यक्ष चिरञ्जीवि बोगटी सहसचिव भावना पौडेल निर्वाचित हुनुभएको छ । यसै गरिवरिष्ठ सदस्य देवी केसी […]

रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

गोपाल छन्त्याल/बेनी भदौ २३ गते । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार सहयोग गरेका हुन् […]

मुक्तिनाथ सहकारीको साधारणसभा बेनीमा सुरु

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सुरु भएको छ ।  साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्कीले सहकारी सिद्धान्त अनुसार सहकारीहरुले आर्थिक कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक […]

जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि सहयोग

विकल्प न्यूज/बेनी भदौ २२ गते ।  म्याग्दी उद्धर समिति बराइनका अध्यक्ष लोक वहादुर राम्जालीले छोरी सलिना राम्जालीको जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ । यसै गरि हाल स्पेनमा रहनुभएका ललित राम्जाली र उहाँको छोरी अलिसा राम्जालीले पाँच हजार सहयोग गर्नुभएको छ । शुक्रवार सहयोग रकम सुरेश बचाउँ […]

मृगौला पीडित सुरेशको उपचारका लागि बुद्ध एकेडेमीको सहयोग

विकल्प न्यूज/बेनी भदौ २२ गते । मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीले आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीबाट संकलित १४ हजार ६६० रुपियाँ शिक्षक डक वहादुर राम्जालीले शुक्रवार ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा […]

तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरको ईआईए रिपोर्ट अपारदर्शी

विकल्प न्यूज/बेनी भदौ २२ गते । तिप्ल्याङ–कालिगण्डकी हाइड्रोपावरले निर्माण गर्न लागेको ५८ मेगावाट क्षमताको जलविद्युत आयोजनाले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रति स्थानीयले आंशका गरेका छन् । स्थानीयले उक्त प्रतिवेदन सवैले बुझ्ने र पारदर्शी हुनुपर्ने माग गरेका छन् । तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरले अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरमा बाँध बनाई रघुगंंगा गाउँपालिका १ तिप्ल्याङ नजिक विद्युत् गृह […]

निजामति दिवसका अवसरमा म्याग्दीमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी भदौ २२ गते ।  निजामति सेवा दिवस २०७५ अवसरमा म्याग्दीमा रक्तदान गरिएको छ । नेपालकै इतिहासमा पहिलोपटक वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन प्रारम्भ भएको दिनको स्मरणमा आज निजामती सेवा दिवस मनाइँएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा गठन भएको निजामति सेवा दिवस मुल समारोह समितिको आयोजना,आधिकारिक टे«ड […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष

विकल्प न्यूज/बेनी भदौ २२ गते । यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो । […]

रेडक्रस दिवसमा विद्यालयमा सरसफाई

विकल्प न्यूज /बेनी म्याग्दी, भदौ २० ५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो । रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी, विद्यालयका शिक्षकहरु, युरेसका […]

सुरेशको उपचारका लागि एक लाख ७३ हजार सहयोग

विकल्प न्यूज/बेनी भदौ १९ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार एक लाख ७३ हजार २६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । स्वदेश तथा विदेशमा संकलित रकम मंगला गाउँपालिका–१ खानीगाउँकी सिता अर्मजाले आर्थिक संकलन संयोजक सिता पाईजा र लालकुमार रोकालाई हस्तान्तरण गर्नुभएको हो । बचाउ अभियानमा मंगला १ खानीगाउँ […]

५१ औं पटक रक्तदान गर्ने केसी सम्मानित

विकल्प न्यूज/बेनी भदौ १९ गते ।  नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५१ औं पटक रक्तदान गर्ने सुरत केसीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी केसीलाई मंगलबार रेडक्रसको ५६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रमका विच सम्मान गरिएको हो । रेडक्रसका सभापति लेखवहादुर हमाल र […]

जन्मदिनमा विद्यालयलाई कम्प्युटर र विद्यार्थीलाई स्टेशनरी सहयोग

विकल्प न्यूज/बेनी भदौ १९ गते । बेनी नगरपालिका ६ जामुनाखर्क माध्यमिक विद्यालयका एकजना शिक्षकले आफ्नो जन्मदिनका अवसरमा विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।विद्यालयमा कार्यरत शिक्षक नवराज शर्माले जन्मदिनको अवसर पारेर मंगलबार एकथान कम्प्युटर र ५ जना विद्यार्थीहरुलाई एकहजार दुइसय बराबरको स्टेशनरी सामग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो […]

निजामति दिवसका अवसरमा बेनीमा ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ १९ गते । निजामति सेवादिवस २०७५ का अवसरमा बेनीमा जिल्ला स्तरीय अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला न्यायाधिश राजकुमार कोइराला र प्रहरी निरिक्षक लोकवहादुर गुरुङको समुह प्रथम भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समुहलाई पराजित गरेका हुन । प्रजिअ अधिकारी र बेनी नगरपालिकाका लेखा अधिकृत […]

काफलडाडाँका स्थानीयको श्रमदानबाट पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी भदौ १९ गते । तस्विर ः काफलडाँडाँमा रहेको करवाकेली मन्दिर  अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिनुभयो । […]